Aamsanchar

एसइईको नतिजा सार्वजनिक

Author Image
शुक्रवार, असार २, २०७४

भक्तपुर ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गरेको छ ।

अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै जिपिए ३.२५ देखि ३.६० सम्मका ४२ हजार ४२७, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६, २.४५ देखि २.८० सम्म ६१ हजार ९५५ २.५ देखि २.४० सम्म ९१ हजार ३१४, १.६५ देखि २.०० सम्म एक लाख आठ हजार ४६४ विद्यार्थीले नतिजा ल्याएका छन् ।

त्यसैगरी १.२५ देखि १.६० सम्म ६४ हजार ५७७ विद्यार्थीले नतिजा प्राप्त गरेका छन् ।

गत चैतको पहिलो साता भएको परीक्षामा परीक्षामा देशभरबाट नियमित र आंशिकतर्फ चार लाख ८३ हजार ९६७ ले आवेदन दिएकामा चार लाख ६३ हजार १६६ ले परीक्षा दिएका थिए । परीक्षाफलका सम्बधमा परीक्षा बोर्डले पत्रकार सम्मेलन गरी विगतको तुलनामा नतिजामा सुधार आएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर