Aamsanchar

भद्रपुरमा ट्राफिक सचेतना अभियान तिव्र

Author Image
शुक्रवार, असार २, २०७४

भद्रपुर ।

बढ्दो सवारी दुर्घटना र अव्यवस्थित पार्किङले ल्याएको समस्यालाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय भद्रपुरले ट्राफिक सचेतना अभियानलाई तिव्रता दिएको छ ।
झापाको सदरमुकाम भद्रपुर नगरमा पछिल्लो समयमा सवारीसाधन चालकले ट्राफिक नियम पालन नगर्नु, जतात्यतै सवारीसाधान पार्किङ गरेर सडक अवरोध गराउनुका साथै दुर्घटना निम्ताउनु जस्ता गतिविधि बढेसगै वडा प्रहरीसहित सामुदायिक प्रहरी सेवा केन्द्र र अस्थायी ट्राफिक पोष्ट भद्रपुरले संयुक्त रुपमा अभियानलाई तिव्रता दिएको छ ।
यसैक्रममा संयुक्त अभियान टोलीले भद्रपुरको बसपार्कमा एक दिने ट्राफिक सचेतना अभियान कार्यक्रम सञ्चालन गर्नुका साथै चालकले ध्यानदिनुपर्ने बिषय बस्तु समेटिएको होडिङ्ग बोर्ड राखेको छ । होडिङ्ग बोर्डको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले प्रहरीको एक्लो प्रयासले ट्राफिक व्यवस्थापन हुन नसक्ने धारणा राख्दै यसतर्फ सवारी चालक, बस व्यवसायी र यात्रु सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

सवारी चालकले टाफिक नियम पालान गरे सडक दुर्घटना त्यसै नियत्रन्त्रण हुने उहाले जोड दिनुभयो । त्यस्तै वडा प्रहरीका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले थ्री एलका कारण सडक दुर्घटना बढेको बताउनु भयो । चालकको लालचिपन, लापरबाही र यात्रुको लाचारले दुर्घटना हुने जिकिर गर्दै यात्रु आफै सचेत भएमा ७५ प्रतिशत दुर्घटना त्यसै नियन्त्रण हुनेमा उहाले जोड दिनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिला खडकाको अध्यक्षतामा भएको कार्यक्रममा टाफिक नियम पालना गर्ने ८ जना इमान्दार चालकलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, तोयानाथ गडतौला लगायत चालक, बस व्यवसायी र नगरबासीको सहभागिता रहेको थियो ।

यता भद्रपुरमा टाफिक व्यवस्थापनका लागि ६ जना टाफिक खटिने गरेको छ । भद्रपुरमा दूई र चन्द्रगढी असईसहित चार जना प्रहरीले सदरमुकाममा सेवा दिदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर