Aamsanchar

बैंक पुनःस्थापना नहुँदा सास्ती

Author Image
शुक्रवार, असार २, २०७४

बैतडी ।

पुरचौँडी नगरपालिकामा द्वन्द्वकालमा विस्थापित भएका बैंक पुनःस्थापना नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ ।

द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको शाखा बन्द गरिएका थिए । शान्ति स्थापना भएको एकदशक पूरा भए पनि बैंक पुनःस्थापना नहुँदा सास्ती खेप्नु परिरहेको पुरचौँडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले बताउनुभयो ।

बैंक पुनःस्थापना नहुँदा बैंकिङ कारोबारका लागि स्थानीयवासीले सदरमुकाम गोठलापानी धाउनुपर्ने बाध्यता छ । दशवटा गाविस मिलाएर पुरचौंँडी नगरपालिका घोषणा गरिएको थियो । बैंक नहुँदा सो क्षेत्रमा रहेका क्याम्पस तथा अन्य शैक्षिक संस्थालाई बंैकिङ कारोबार गर्न समस्या भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर