Aamsanchar

झापामा कहाँबाट कस- कसको उम्मेद्वारी

Author Image
सोमवार, असार ५, २०७४

झापा।

असार १४गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा आइतबार हर्सोल्लासका साथ दलका नेता तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
झापाका आठ नगरपालिका र सात गाउँपलिकामा विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेवारी दर्ताको काम सकिएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ । मनोनयन दर्ताका लागि दलका नेता तथा कार्यकर्ताले ¥याली, बाजागाजा र जातीय झाँकीसहित सम्वन्धित १५ वटै स्थानीय तहको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
भद्रपुर नगरपालिकाः

भद्रपुर नगरपालिकामा ५२ पदका लागि स्वतन्त्रसहित २९९ले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १०, उपमेयरमा ९ र वडाअध्यक्षमा ५३ जनाको उम्मेदवारी परेको छ । जसमा विभिन्न पदमा ३० जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले बताए ।

नेपाली कांग्रेसकातर्फबाट मेयर पदका लागि गणेश पोखरेल, उपमेयरमा तारादेवी भूर्तेल, एमालेबाट मेयरमा जीवनकुमार श्रेष्ठ, उपमेयरमा चन्द्रमाया श्रेष्ठ, माओवादी केन्द्रबाट शिवकुमार राजभण्डारी, उपमेयरमा स्वर्णिका सिंह, राप्रपाबाट नवराज पनेरु(राजु), उपमेयरमा राधा कार्की, संघीय समाजवादी फोरम नेपालबाट मेयरमा शत्रुघन चौधरी, उपमेयरमा शर्मिला फेउद्दिन लिम्बू, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट उपमेयरमा सुष्मा सिन्हा मल्लिकको उम्मेदवारी परेको छ ।
त्यस्तै राष्ट्रिय जनमुक्तिबाट मेयरमा गोपाल चौधरीको उम्मेदवारी परेको छ भने स्वतन्त्रबाट मेयरमा दुर्गाप्रसाद भट्टराई, मदनहाङ तावा, जगदीश काफ्ले, भीषण थापामगरको उम्मेदवारी परेको छ । स्वतन्त्र उपमेयरको उम्मेदवारमा सन्तकुमार राजवंशी सन्तोष, मानबहादुर धमला गोपाल, फूलमाया राईको उम्मेदवारी परेको छ ।
बिर्तामोड नगरपालिकाः

बिर्तामोड नगरपालिकाका लागि मेयर, उपमेयर, वडाअध्यक्ष र नगर वडा सदस्यसहित ५२ पदका लागि कूल २२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रसहित १३ जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् भने ८ जनाले उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट मेयर पदका लागि जलकुमार गुरुङ, उपमेयरमा पार्वता गिरी, एमालेकातर्फबाट मेयर पदमा धु्रवकुमार शिवाकोटी, उपमेयरमा पवित्रा महतरा प्रसाईं, माओवादी केन्द्रकातर्फबाट मेयरमा चन्द्रप्रसाद (सीपी) कडरिया, उपमेयरमा लक्ष्मी न्यौपाने सरु, राप्रपाकातर्फबाट मेयर पदका लागि भक्ति सिटौला, उपमेयरमा लीला उप्रेती अनमोलले उम्मेदवारी दर्ता गराएका छन् ।

संघीय समाजवादी फोरम नेपालबाट पदमबहादुर तामाङ, उपमेयरमा चिजा राई, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकबाट मेयरमा अर्जुनकुमार तामाङ, उपमेयरमा प्रिस्किला पाण्डे अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)का तर्फबाट मेयरमा मन्दिरा सुवेदी बराल, उपमेयरमा भोलानाथ उप्रेती, राष्ट्रिय जनमोर्चाबाट अविचन्द्र भण्डारीको मेयर पदका लागि उम्मेदवारी परेको छ ।

त्यस्तै राजकुमार लावती, रमेशकुमार कार्की, बालकृष्ण बुढाथोकी, गोविन्दप्रसाद अधिकारी गुलाफ, सृजना सिटौलाको मेयर पदका लागि उम्मेदवारी परेको छ । उपमेयर पदमा उदय गुरुङको स्वतन्त्र उम्मेदवारी परेको जीवराज भट्टराईले जानकारी दिए ।
मेचीनगर नगरपालिकाः

७७ पदका लागि मेचीनगरमा २ स्वतन्त्रसहित मेयरमा ८ र उपमेयर पदमा ७ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसकोतर्फबाट मेयरमा बिमल आचार्य र उपमेयरमा दुर्गादेवी खतिवडा, एमालेकातर्फबाट विष्णुप्रसाद प्रसाईं र मिनाकुमारी पोखरेल उप्रेती, माओवादी केन्द्रको तर्फबाट मेयरमा हंशलाल राजवंशी, उपमेयरमा इन्दिरा कार्की, राप्रपाबाट मेयरमा रमेश दाहाल, उपमेयरमा सविना बजगाईको उम्मेदवारी परेको छ । संघीय समाजवादी फोरम नेपालबाट इन्द्रबहादुर श्रेष्ठको मेयर पदका लागि उम्मेदवारी परेको छ ।
त्यस्तै ज्योतिकिरण रिजाल र पनिता अधिकारी ढकालले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कान्छा हुमागार्इँले उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरमकातर्फबाट अग्निमाया मेचेले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । दत्ता लिम्बूले उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिइन् ।
अर्जुनधारा नगरपालिकाः

झापाको अर्जुनधारा नगरपालिकामा २८६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ३३ जना स्वतन्त्रसहित ७ वटा राजनीतिक दलका २५३ जना उम्मेदवारले मेयर, उपमेयर, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।
१० जना मेयर पदमा मनोनयन पत्र दर्ता गर्नेमा नेपाली कांग्रेसका हेमप्रसाद खरेल, नेकपा एमालेका हरिकुमार राना, नेकपा माओवादी केन्द्रका भूपेन्द्र न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका छविलाल लम्साल, संघीय समाजवादी फोरम नेपालका श्रृजलाल चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका मीना सुब्बा लिम्बू, स्वतन्त्रका देवकुमारी ओली, नगेन्द्रप्रसाद आचार्य, नरेन्द्रबहादुर नेम्वाङ र सचिन गोलेले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी ८ जना उपमेयर पदमा नेपाली कांग्रेसकी सरस्वती सिटौला (तामाङ), नेकपा एमालेकी कमला खतिवडा, नेकपा माओवादी केन्द्रकी अस्मिता कन्दङ्वा (तामाङ), राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधादेवी गिरी, संघीय समाजवादी फोरम नेपालकी ईश्वरीकुमारी माझी, राष्ट्रिय जनमुक्ति पार्टीका शिवप्रसाद आचार्य, स्वतन्त्रबाट श्याम घिमिरे र सुनिता तामाङ रहेका छन् ।

त्यस्तै वडा अध्यक्ष पदमा ११ जना स्वतन्त्रसहित ६३ जना, महिला सदस्य पदमा ४ जना स्वतन्त्रसहित ५१ जना, दलित महिला सदस्य पदमा ३ जना स्वतन्त्रसहित ४४ जना र खुल्ला सदस्य पदमा ९ जना स्वतन्त्रसहित ११० जनाले मनोनयन पत्र दर्ता गरेको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए ।
दमक नगरपालिकाः

दमक नगरपालिका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले सबै दलले हजारौं कार्यकर्ता सडकमा उतारेर शक्ति प्रदर्शन गरेका थिए । दमकमा ५२ पदका लागि २९३ जनाको उम्मेदवारी परेको छ ।

जसमा २ जनाले अलग–अलग पदको उम्मेदवारी दावी गरेका छन् । जसमा १५ मेयर र ९ उपमेयरका लागि उम्मेदवारी परेको छ । मेयरका १५ मध्ये ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसकातर्फबाट ढुण्डीराज भण्डारी मेयर, उपमेयरमा रेगिना भट्टराई, एमालेकातर्फबाट रोमनाथ ओली, उपमेयरमा गीता पौडेल, माओवादी केन्द्रकातर्फबाट रेवतराज पुरी (गगन) मेयर पदमा र उपमेयरमा शान्तिदेवी धिमालको उम्मेदवारी परेको छ ।

राप्रपाकातर्फबाट मेयर पदमा राम थापा र उपमेयरमा रीता श्रेष्ठ बस्नेतको उम्मेदवारी परेको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले संयुक्त रुपमा सतिस साहलाई मेयरको उम्मेदवारका रुपमा अघि सारेका छन् । उपमेयरमा गंगा सेर्मा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट देउकुमार लिम्बू मेयर र सावित्रा गुरुङ लावतीले उपमेयर पदमा मनोनयन दर्ता गरेका छन् ।
यसैगरी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट मेयरमा कुमार भुजेल र उपमेयरबाट सुस्मी साहको उम्मेदवारी परेको छ । विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र रुपमा सुवास सुवेदीले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । गोविन्दप्रसाद भट्टराई, अर्जुन बुढाथोकी, वीरसिंह धिमाल, ओमनाथ बस्नेत, देवीप्रसाद गौतम, मधु थापामगर, सुन्दर देवानले स्वतन्त्र रुपमा मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा स्वतन्त्र पदका लागि प्रकाश नेपाल र भवानीप्रसाद मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । १० वडा अध्यक्षका लागि ६४, खुल्ला सदस्यका लागि १०५, महिला सदस्यका लागि ५० र दलित महिला सदस्य ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
गौरादह नगरपालिकाः

गौरादह नगरपालिकामा मेयरमा ११ र उपमेयरमा ७ सहित २ सय २० जनाको उम्मेदवारी परेको छ । मेयर पदका उम्मेदवार मध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट मेयर पदका लागि रोहितकुमार साह, उपमेयरमा सुमित्राकुमारी खरेल, एमालेका मेयरमा मदनप्रसाद अधिकारी, उपमेयरमा गीता भेटवाल, माओवादी केन्द्रका मेयरमा पुष्पलाल ढकाल, उपमेयरमा अर्पणा राजवंशी, राप्रपाका तर्फबाट खेमराज तिम्सिना, उपमेयरमा बालिका रायमाझीको उम्मेदवारी परेको छ ।

संघीय समाजवादी फोरमबाट खसुरधन राई मेयर र हेमनसरी राजवंशीको उपमेयरमा उम्मेदवारी परेको छ । चन्द्रमाया रिजाल, कविता निरौला, राधिका पोखरेल, उमादेवी अधिकारी, शेरे भुजेल, उमेश कार्कीको स्वतन्त्र उम्मेदवारी परेको छ । उपमेयरमा भवानीप्रसाद फुयाँल र सीता भट्टराईको उम्मेदवारी परेको छ ।
कनकाई नगरपालिकाः

४७ पदका लागि कनकाई नगरपालिकामा १९६ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र १सहित मेयरमा ७ र स्वतन्त्र २सहित उपमेयरमा ६ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट मेयर पदका लागि एकराज उप्रेती, उपमेयरमा कविता बस्नेत घिमिरे, एमालेका मेयरमा राजेन्द्रकुमार पोखरेल, उपमेयरमा मञ्जु प्रसाईं, नेकपा माओवादी केन्द्रका मेयरमा गोपाल चुडाल, उपमेयरमा शान्ता अधिकारी, राप्रपाका तर्फबाट केदारप्रसाद गिरी मेयर र उपमेयरमा चित्रा श्रेष्ठको उम्मेदवारी परेको छ ।

मालेकातर्फबाट प्रेमप्रसाद दाहालको मेयरका पदका लागि उम्मेदवारी परेको छ । यता स्वतन्त्रबाट भीमप्रसाद अधिकारीले मेयर पदको लागि उम्मेदवारी दर्ता गरेका छन् । उपमेयरमा धर्मलाल राजवंशी र हरिभक्त संग्रौलाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत रोशनकुमार भट्टराईले जानकारी दिए ।
शिवसताक्षी नगरपालिकाः

शिवसताक्षी नगरपालिकामा ५७ पदका लागि २८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत पंकज भूर्तेलले दिएको जानकारी अनुसार मेयरमा नेपाली कांग्रेसबाटतर्फबाट पर्शुराम ढुंगाना, उपमेयरमा जयकुमार चेम्जोङ, एमालेका तर्फबाट मेयरमा चन्द्र सेर्मा, उपमेयरमा भोजकुमारी नेपाल, माओवादी केन्द्रका तर्फबाट मेयरमा महेन्द्र भट्टराई, उपमेयरमा कचाली ताजपुरिया, राप्रपाका तर्फबाट मेयरमा उमानाथ दाहाल, उपमेयरमा विष्णुकुमारी चम्लागाई, संघीय लिम्बुवान पार्टीका तर्फबाट मेयरमा मेनुका ताम्लिङ लिम्बू र उपमेयरमा सन्त फेवादिनको उम्मेदवारी परेको छ ।

स्वतन्त्र मेयरमा विजय साँवा, धनबहादुर थेवे, रवीन खनालको उम्मेदवारी परेको छ । उपमेयरमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका मंगलसिंह राजवंशी, सावित्रादेवी दाहाल, लक्ष्मीप्रसाद राजवंशी र विमल प्रसाईंको उम्मेदवारी परेको छ ।
बुद्धशान्ति गाउ“पालिका :

९ प्रमुख र ८ उपप्रमुखसहित १५२ जनाको बुद्धशान्ति गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका छन् । जसमा ३ जनाले प्रमुख पदका लागि स्वतन्त्र र २ जनाले उपप्रमुखको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट प्रमुखमा रमेशकुमार भुजेल, उपप्रमुखमा चन्द्रकला भट्टराई, एमालेबाट प्रमुखमा तिलचन पाठक, उपप्रमुखमा मिरा भूर्तेल, माओवादी केन्द्रबाट प्रमुखमा खड्गबहादुर तिम्सिना, उपप्रमुखमा अस्मितकला लिम्बू, राप्रपाबाट प्रमुखमा डिल्लीप्रसाद गौतम र उपप्रमुखमा इन्दिरा रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर लिम्बू साँवा, संघीय समाजवादी फोरम नेपालबाट हरिनारायण चौधरीले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । नारायण लुइँटेल, मंगलसिंह लिम्बू र राजकुमार प्रधानले प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुख पदमा पशुपति पोखरेल र सुनीता गुरुङले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए ।
झापा गाउ“पालिका :

७ प्रमुख र ५ उपप्रमुखसहित झापा गाउँपालिकामा १५६ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसकातर्फबाट प्रमुखमा जयनारायण साह, उपप्रमुखमा बसुन्धरा थपलिया, एमालेकोतर्फबाट प्रमुखमा गजेन्द्र ताम्ली, उपप्रमुखमा कुन्ती बुढाथोकी, माओवादी केन्द्रकोतर्फबाट इन्द्र बजगाँईले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाकातर्फबाट प्रमुखमा चन्द्रबहादुर कार्की, उपप्रमुखमा सुशीला केसी, मधेशी जनाधिकार फोरमबाट प्रभुनारायण यादव, स्वतन्त्र मनोजकुमार राजवंशी र मनकुमार बस्नेतको प्रमुख पदका लागि उम्मेदवारी परेको छ । स्वतन्त्र उपप्रमुखमा तैलुस सोरेन र संघीय समाजवादीका तर्फबाट उपप्रमुखमा गौरीशंकर राजवंशीको उम्मेदवारी परेको छ ।
बाह्रदशी गाउ“पालिकाः

६ प्रमुख र ६ उपप्रमुखसहित बाह्रदशी गाउँपालिकामा १७४ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट प्रमुखमा खड्गप्रसाद राजवंशी, उपप्रमुखमा रत्ना राजवंशी, एमालेकातर्फबाट प्रमुखमा लक्ष्मण पाठक, उपप्रमुखमा गौरादेवी धमला, माओवादी केन्द्रकातर्फबाट प्रमुखमा देवीप्रसाद ओझा, उपप्रमुखमा सुकमती राजवंशी, राप्रपाबाट प्रमुखमा भीमबहादुर कार्की, उपप्रमुखमा सौरी टुडू, संघीय समाजवादी फोरमको तर्फबाट प्रमुखमा रंगलाल राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट प्रमुखमा बलबहादुर राई, उपप्रमुखमा गंगामाया केरुङ र मुना तिवारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
हल्दिवारी गाउ“पालिका :

२७ पदका लागि १२३ जनाले हल्दिवारी गाउँपालिकामा उम्मेदवारी दिएका छन् । जसमा ५ प्रमुख, ४ उपप्रमुख र २६ जनाले वडाअध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेसकातर्फबाट प्रमुख दिलीपकुमार लिम्बू, उपप्रमुखमा चन्द्रकला राई, एमालेकातर्फबाट मञ्जुदेवी सिटौला, उपप्रमुखमा डम्बर गिरी, माओवादी केन्द्रकातर्फबाट तुलसी ओली, उपप्रमुखमा शान्तिमाया सेलिङ, राप्रपाका तर्फबाट खगेन्द्रप्रसाद लिङ्देन, उपप्रमुखमा भारती दाहालको उम्मेदवारी परेको छ ।
कचनकवल गाउ“पालिका :

३७ पदका लागि कचनकवल गाउँपालिकामा १७९ जनाको उम्मेदवारी परेको छ । ५ प्रमुख, ७ उपप्रमुख र ३३ जनाले वडाअध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिए ।

प्रमुख पदका लागि कांग्रेसकातर्फबाट कालेन्द्रसिंह राजवंशी, उपप्रमुखमा गीता ओडारी, एमालेकातर्फबाट प्रमुखमा शेरबहादुर खत्री, उपप्रमुखमा दीपतारा थापामगर लिम्बू, माओवादी केन्द्रकातर्फबाट प्रमुखमा हंशनारायण राजवंशी, उपप्रमुखमा ईश्वरीमाया गाइनो, राप्रपाकोतर्फबाट प्रमुखमा अन्जार आलमले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा मिनसरी राजवंशी राप्रपा, संघीय समाजवादी मञ्जुरा राई, मालेबाट उपप्रमुखमा रामनन्द वेयेन र जनाधिकार फोरम लोकतान्त्रिकबाट गोपाल गणेशले उम्मदवारी दर्ता गराएका छन् ।
कमल गाउ“पालिकाः

कमल गाउँपालिकामा ९ प्रमुख र ६ उपप्रमुख पदका लागि उम्मेदवारी परेको छ । जसमा प्रमुख पदमा ३ जना स्वतन्त्र र १ जना उपप्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । ३७ पदका लागि १८३ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर