बुधवारे।

बुद्धशान्ति गाउँपालिका–१ होक्सेका साना व्यवसायिक मौरीपालक किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि विकास झापाद्वारा पकेट विकास कार्यक्रमका लागि अनुदान प्राप्त भएको छ ।
उक्त कार्यक्रमका लागि सो परियोजनाबाट सोझै कृषकमाझ २ लाख ८२ हजार अनुदान प्राप्त भएको हो । तर, यो अनुदान ५०प्रतिशात अनुदान भएको र ५० प्रतिशात रकम भने स्वयम् सरोकारवाला कृषक समूहले जुटाएर व्यवसायिक मौरीपालन गर्न लागेको होक्से कृषि सहकारीका अध्यक्ष मोहन तिम्सिनाले बताए ।

तिम्सिनाले ५ लाख ६५ हजार कूल लागतमा १ लाख प्रारम्भिक व्यवस्थापनका लागि चालू पूँजी र बाँकी ४ लाख ६५ हजार स्थिर पूँजी रहने समेत जानकारी दिए ।
मौरी पालनका निम्ति आवश्यकीय सामग्रीहरू घार, आधार चाका, मैन, रिट र प्रशोधन मेशिन खरिद तथा व्यवस्थापनमा खर्च गरिने पनि जानकारी गराइयो ।

कार्यक्रममा नमूना एकता मूल समूह बुद्धशान्तिका अध्यक्ष उदयनारायण ढुङ्गाना, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत इन्द्र अधिकारी, सञ्चारकर्मी टंक विकल्प, समाजसेवी पूर्ण सञ्जेलले शुभकामना मन्तव्य राखेका थिए ।


संस्थाका उपाध्यक्ष रामप्रसाद रिजालले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सदस्य वासुदेव मिश्रले गरेका थिए ।