Aamsanchar

क्रिकेट प्रशिक्षकको विदाइ

Author Image
सोमवार, असार ५, २०७४

शिवसताक्षी।

शिवसताक्षी– ११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधेका छात्रा क्रिकेट खेलाडीहरुले क्रिकेट प्रशिक्षकलाई एक कार्यक्रमका बीच बिदाइ गरेका छन् ।
विगत सात महिनादेखि निःशुल्क रुपमा प्रशिक्षण गराइरहेका शिवसताक्षी– ११ दूधेका डिल्लीराम श्रेष्ठलाई विदाइ गरिएको हो ।  श्रेष्ठले उक्त विद्यालयको छात्रा क्रिकेट टीमलाई नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नं. ५ बाट बिजेता तथा जिल्लास्तरीय खेलमा सेमीफाइनलसम्म पु¥याउनमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उनले स्थानीयस्तरका खेलहरुमा विद्यालयलाई सफलता प्राप्त दिलाइसकेका छन् भने उनी उक्त क्षेत्रका प्रतिभावान क्रिकेट खेलाडी समेत हुन् ।
विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले विद्यार्थीले गरेको मायाको उच्च मुल्यांकन गर्दै आगामी दिनमा उनीहरुका लागि हरतरहबाट सहयोग गर्ने बताए । उनले भने– ‘देशले प्रतिभा खोज्न सकेन, मात्र चाकरी गरेर हामीभन्दा निम्न स्तरका खेलाडीहरु माथिल्लो क्षेत्रमा पुगे अन्तिम विकल्प वैदेशिक रोजगार भएपछि आफू पनि विदेशिनु बाध्य भएको छु ।’
कार्यक्रममा विद्यालयले समेत प्रशिक्षक श्रेष्ठलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो । उक्त सम्मानपत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन थिङ्लाबोले श्रेष्ठलाई प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजाल, दूधे स्रोत सहायक बालकृष्ण मैनाली लगायतको आतिथ्य रहेको थियो । विद्यालयले यसै शैक्षिक सत्रदेखि पढाइ सँगसँगै खेलकुद पनि अनिवार्य गरेपछि खेलकुद क्षेत्रलाई अब्बल बनाउने कार्यक्रममा जानकारी दिइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर