Aamsanchar

प्रवेशद्धार निर्माण कार्य सुरु

Author Image
सोमवार, असार ५, २०७४

भद्रपुर ।

झापाको भद्रपुरस्थित मेची रंगशाला जोड्ने सडकमा प्रवेशद्धार (गेटं) निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले प्रवेशद्धार निर्माणका लागि ९ लाख १३ हजार बराबरको बजेट निकासा गरेपछि खेलकुद विकास समिति झापाले निर्माण कार्य सुरु गरेको हो ।

विकास समितिका अध्यक्ष शंकर थापा र उपाध्यक्ष प्रशान्त भण्डारीले सोमबार एक कार्यक्रमका बिच संयुक्त रुपमा प्रवेशद्धारको शिलान्यास गर्नुृ भएको हो । ७ मिटर चौडाई ५.५ मिटर उचाइको हुने गेटको निर्माण एक महिना सम्पन्न हुने जनाइएको छ । निर्माण कार्यको ठेक्का एस के कन्ट्रक्सन भद्रपुरले ७ लाख १९ हजारमा लिएको विकास समितिले जनाएको छ ।

यता शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष थापाले झापामा खेलमैदान, रंगशाला मर्मत संभार र गेट निर्माणको लागि बजेट आएको बताउदै सोही अनुसार काम भइरहेको बताउनु भयो । झापामा आएको बजेटले खेलकुद क्षेत्रमा थप उर्जा थपिएको बताउदै परिषदले रंगशालाको भवनसहितको प्याराफिट निर्माणमा समेत चासो देखाइसकेको उहाको भनाई छ ।

झापामा चालु आर्थिक बर्षमा रंगशालाको कम्पाउण्ड वाल र खेलमैदान निर्माणका लागि ३० लाख ४५ हजार बजेट आएको कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिनुभयो । त्यस्तै विभिन्न गाउ तथा नगरपालिकामा पनि खेलमैदानहरु ध्माधम निर्माण भइरहेको र एक खेलमैदान बराबर ३ देखि १० लाख सम्म बजेट छुटाइएको उहाले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर