Aamsanchar

वडा अध्यक्षको उम्मेदवार बनेपछि बीरुले दिए पत्रकार महासंघको साधारण सदस्यबाट राजीनामा

Author Image
मङ्गलवार, असार ६, २०७४

बिर्तामोड ।

स्थानीय तह निर्वाचनका लागि बिर्तामोड नगरपालिका वडा नं. ५ बाट वडा अध्यक्षका उम्मेदवार बनेका वीरबहादुर दर्नालले नेपाल पत्रकार महासंघ झापा शाखाको साधारण सदस्यबाट राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार बनेका दर्नालले स्वस्थ पत्रकारिता र राजनीति एकैसाथ अघि बढ्न नसक्ने हुनाले महासंघको सदस्यबाट राजीनामा दिएको जनाएका छन् । दर्नालले मंगलबार राजीनामा दिएका हुन् । राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थबाजी नै भएकाले नैतिकरुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयम् घोषणा गर्न महासंघले गरेको आह्वान अनुसार दर्नालले राजीनामा दिएको बताएका छन् ।
एकदशकदेखि पत्रकारितामा क्रियाशील उनी कञ्चनजंघा एफएम हुँदै हाल ऐक्यबद्धता मासिक र आगन एफएममा कार्यरत् थिए । सक्रिय पत्रकारिताबाट टाढा रहे पनि लेखनलाई निरन्तरता दिने उनले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर