Aamsanchar

अवैध गर्भपतनः पक्राउ परेका चिकित्सकको रिहाइको माग

Author Image
मङ्गलवार, असार ६, २०७४

इटहरी।

चिकित्सक एसोसिएसनले अनाधिकृत गर्भपतन गरेको अभियोगमा पक्राउ परेका चिकित्सक बालकृष्ण साहको रिहाइको माग गरेका छन् ।

अनाधिकृत गर्भपतन गरेको अभियोगमा प्रहरीले सोमबार इटहरीको पशुपति अस्पतालमा कार्यरत चिकित्सक साहलाईे पक्राउ गरेको थियो ।

महिलाको गर्भपतन गराउने र धेरै पैसा असुल्ने गरेको प्राप्त सूचनाका आधारमा सो अस्पतालको निगरानी गर्दा एक महिलाले गर्भपतन गराएको र उनको स्वास्थ्य जोखिमपूर्ण रहेको हुँदा चिकित्सक साह र अस्पताल सञ्चालक पशुपति चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पशुपति अस्पताल इटहरीले सुरक्षित गर्भपतन गराउने अनुमति पाएको छैन् । गर्भपतन गरिएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा पठाइएको छ । उनको स्वास्थ्य क्रमिकरुपमा सुधार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

उहाँले महिलाको अवैध गर्भपतन गराउने अनधिकृत कार्य गरेको र गर्भपतन गरिएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर देखिएकाले ती दुवैलाई तत्काल पक्राउ गरिएको बताउँदै यसबारे थप अनुसन्धान भइरहेको र दोषि देखिए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउने छ भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)