Aamsanchar

चुनावी मैदानमा एमालेका १० जिल्ला अध्यक्षहरु

Author Image
बुधवार, असार ७, २०७४

काठमाडौं,

आगामी असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ३५ जिल्लामध्ये १० तहमा जिल्ला अध्यक्ष नै चुनावमा उत्रिएका छन् ।

 

यसरी उम्मेदवारी दिइएका जिल्लाहरूमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, ओखलढुंगा, गुल्मी, बर्दिया, प्युठान र रूपन्देही छन् । भोजपुरका अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्षमा उठ्नुभएको छ भने पाँचथरका अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिकाको प्रमुखमा उम्मेदवार छन् ।

झापाका अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति नगरपालिकाको प्रमुखमा, मोरङका अध्यक्ष विनोद ढकाल विराटनगर महानगरपालिकाको प्रमुखमा, सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा, ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिकाको प्रमुखमा उम्मेदवार छन् ।

गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ छत्रकोट नगरपालिकाको प्रमुख, बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिकाको प्रमुख, प्युठानका अध्यक्ष तुलसीराम शर्मा प्युठान नगरपालिकाको प्रमुख र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको प्रमुखका रुपमा मैदानमा उत्रिएको चक्र पथ अनलाईनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर