Aamsanchar

सुडान घोटाला काण्डमा दोषी पूर्व आइजीपी जेल चलान

Author Image
बुधवार, असार ७, २०७४

झापा । 

सुडान घोटाला काण्डमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।

पूर्व आईजीपीहरु ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडिआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको हो । सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताउनुभयो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलालसले सुडानको डार्फरमा पठाइने प्रहरी बन्दोबस्ती सामान खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर