Aamsanchar

गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

Author Image
बिहिवार, असार ८, २०७४

चितवन,

चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो ।

पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे । “आफनो फोटो त राख्नै प¥यो नि”, कोण मिलाई–मिलाई सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने ।  गएको जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगेको थियो ।

हात लगे पनि ज्यान बचेकामा खुसी भएका प्रसाद अहिले उपचार सफल भएकामा थप खुसी देखिन्थे । भन्छन् – “सबै काम दाहिने हातले हुन्थ्यो, गोहीले लगिहाल्यो अब देब्रे हात चलाउनुपर्ला ।”

स्टाफ नर्ससँगै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए । “सर राति हातै छ जस्तो लाग्छ, चिलाउँछ कन्याउन खोज्यो हातै भेटिँदैन, प्रसादले अनुभव साट्दै भने – हात जोडिराखेकै छ जस्तो हुने ।”
भmन्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर गएका छन् । उनको घाउमा छाला जोड्न किला राखिएको छ । सिलाइएको छ । घाउको अधिकांश भाग निको भएको छ । अब एक हप्ता जतिमा किला पनि निकाल्ने चिकित्सकले बताए ।

दुई महिनाअघि पश्चिम चितवनको जगतपुरमा पौडी खेल्ने क्रममा गोहीले समाएर पानीमुनि पु¥याएका एक बालक अर्जुन हरिजन पनि बाँच्न सफल भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर