Aamsanchar

मतगणना गर्दा राजनीति दलका प्रतिनिधिलाई मतपत्र छुन प्रतिबन्ध !

Author Image
बिहिवार, असार ८, २०७४

मुसीकोट:

 स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरु बिच विवादभएपछि निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ ।

गणकहरुले टाढैबाट देखाएर सदर–बदरको टुंगो लगाईने निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले बताउनुभयो। निर्वाचन अनुगमन भ्रमणका क्रममा बिहिबार दिउसो रुकुम सदरमुकाम खलंगा पुग्नुभएका आयुक्त पौडेलले जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुसंग भेटघाट एवं छलफल गर्दै कुनै पनि राजनैतिक दल अथवा दलको प्रतिनिधि र अन्य जो कोहीले पनि निर्वाचन आचारसंहिता उल्लघन गरेमा त्यो कानुनतः अपराध ठहर्ने बताउनुभयो। कोहि पनि त्यस्तो अपराधमा संलग्न नहुन पनि उहाँले सचेत गराउनुभयो।

यसै क्रममा मध्यपश्मिाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईले पनि निर्वाचनलाई भयरहित, शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचन क्षेत्रको सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ रहेको बताउनुभयो।गुरागाईले भौगोलिक कठिनाई भएका क्षेत्रहरुमा मतदान पुर्व, मतदानताका र मतदान पश्चात आवश्यक पर्ने सुरक्षा लगाएत अन्य व्यवस्थापकीय कार्यका लागी आफुहरु तयार रहेको जानकारी गराउनुभयो ।

यसै अवसरमा रुकुमका प्रमुख जिल्ला अधिकारी बंशिकुमार आचार्यले जिल्लाको पुर्वी भागका तीन गाउँपालिकामा आगामी असार १४ गते हुन लागेको स्थानीय निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी समेत गराउनुभएको थियो ।

रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले पनि निर्वाचनका सम्पूर्ण कार्यक्रम सहज ढंगले सम्पन्न गराउन तोकिएका सबै कर्माचारी कार्यक्षेत्रतर्फ गइसकेको बताउनुभएको थियो ।

हरिकप्टोर मार्फत जिल्ला पुग्नुभएका निर्वाचन आयुक्त पौडेल र क्षेत्रीय प्रशासक गुरागाईको साथमा निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्मा र निर्वाचन आयोगकै तर्फबाट यज्ञप्रसाद ढुंगेल पनि जिल्ला पुग्नुभएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर