काठमाडौँ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर (युरिनल) निर्माण गर्ने भएको छ । महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो ।
महानगरपालिकाको कार्यभार सम्हाल्नुभएको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गर्नुभएको महानगर प्रमुख विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको तयारी थाल्नुभएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सडक यात्रुलाई लक्ष्य गर्दै चोकचोकमा युरिनल बनाउन लागिएको प्रवक्ता कार्कीको भनाइ छ । युरिनल निर्माणका लागि दुईवटा कम्पनीले आवेदन दिएका छन् । अहिले ती आवेदनको अध्ययन भइरहेका छ । कार्कीका अनुसार आवेदन दिएका कम्पनीहरुको अनुभव, कार्यदक्षतालगायतका पक्षको मूल्याङ्कन पछि उपयुक्त ठहरिएको कम्पनीलाई सो कामको जिम्मेवारी दिइने छ ।
महानगरपालिकाले उपत्यकाभित्र सार्वजनिक शौचालय निर्माणार्थ १०० स्थानमा सम्भाव्यता अध्ययन गरेको छ । घुम्ती शौचालय अव्यवस्थित र फोहर रहेको पाइएपछि हालै महानगरपालिकाले यस्ता शौचालय हटाएको थियो । यस्तो शौचालयको विकल्पमा महानगरपालिकाले १०० भन्दा बढी सार्वजनिक शौचालय निर्माणको तयारी थालेको हो ।