Aamsanchar

आजसम्ममा सबै केन्द्रमा निर्वाचन अधिकृत पुग्ने

Author Image
शनिवार, असार १०, २०७४

काठमाडौं,

स्थानीय तहको दोश्रो चरणको चुनावका लागि शनिबारसम्ममा सबै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृत पुगिसक्ने भएका छन् । चुनावका लागि निर्वाचन अधिकृत खटिइसकेको र शनिबार बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले टाढा मतदान केन्द्र भएका जिल्लामा चुनावका लागि आवश्यक सामग्री लिएर सबै कर्मचारीको टोली खटिइसकेको जानकारी दिनुभयो ।

आयोगले दोश्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । असार १४ गते हुने चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि चुनिनेछन् । दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ ।

यसपटकको चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको चुनावका लागि चारहजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर