काठमाडौँ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
उपत्यकाका नदी एवम् चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २१५ औँ हप्तामा आज त्रिपुरेश्वर गुसिन्गालस्थित नयाँ पुलमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५५० भन्दा बढीको सहभागिता थियो । सफाइमा गोर्खा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईले वाग्मती सफाइ महाअभियानलाई ६५० थान मास्क, ६०० जोर पञ्जा, २० थान डोको, २० थान सुइरो र गमबुट ६० थान हस्तान्तरण गर्नुभएको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।
सफाइमा फाइनान्सको समूह उपस्थित भई महाअभियानलाई सहयोग गरेको थियो । सफाइमा वाग्मती सद्भावना दूत नायिका मनिषा कोइराला, पूर्व सचिव डा कृष्णचन्द्र पौड्याल, काठमाडौँ महानगरपालिका वडा–११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, प्रहरी उपरीक्षक गणेश ऐर, नागरिक समाजका अगुवाको सहभागिता रहेको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
त्यसैगरी वाग्मती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडाँै महानगरपालिका, ललितपुर महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ब्लुक्रस अस्पताल एम्बुलेन्ससहित, मुक्तिनाथ विकास बैंक, जीवन विज्ञान, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, एसजिआई नेपाल, फ्रेन्डस क्लब ललितपुर, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ , नेपाल जन स्वस्थ प्रतिष्ठान, रोयल सहकारी, वक्रेश्वर सहकारी, पहिलो पाइला, एक्सिस स्कुल, सुपा देउराली युथ नेटवर्क, निर्माण नेपाल, लगायत संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
आगामी शनिबार ११६ औँ हप्ताको वाग्मती सफाइ पनि त्रिपुरेश्वर नयाँ पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ । पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरीमाथिको वाग्मती गोकर्णेश्वर नगरपालिका क्षेत्रमा गरेको १७६औँ हप्ताको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । गोकर्णेश्वरको सफाइमा १०० जनाको सहभागिता थियो ।
यहाँ नदी सफाइसँगै बगँैचा सफाइ र बिरुवा संरक्षण पनि गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । रुद्रमती सफाइको १७४ औँ हप्तामा आज रातोपुलदेखि ज्ञानेश्वर– कमलपोखरी–सिटी सेन्टर–कुमारी मन्दिर परिसर हँुदै आनन्दभैरव अन्दिर–रातो पुलसम्म सफाइ गरी जनचेतनामूलक सफाइ अभियान पनि सञ्चालन गरियो । यो मार्गमा घरदैलो अभियानसमेत गरिएको अभियन्ता रोहित गिरीले बताउनुभयो ।
सफाइमा काठमाडौँ महानगरपालिका– ३० का वडा अध्यक्ष दलबहादुर कार्कीसहित सदस्यको पनि सहभागिता थियो । आजको रुद्रमती सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सफाइमा २०० भन्दा बढी अभियन्ताको उपस्थिति थियो ।
विष्णुमती सफाइको १४६ औँ हप्तामा आज दीपज्योति स्कुलदेखि नयाँ बसपार्कसम्मको नदी किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी गराउनुभयो । सफाइमा २७५ अभियानकर्मीको सहभागिता थियो । तिलगङ्गा महिला समूहले तिलगङ्गा क्षेत्रको वाग्मती किनारमा १२२ औँ हप्ताको सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ ।
चक्रपथ सफाइको ११ औँ हप्तामा आज सामाखुसीचोकदेखि गोङ्गबुसम्म सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासी र होटल व्यवसायीको सहभागिता थियो । सकारात्मक मातृशक्तिआवाजले आज काठमाडौँ महानगरपालिका– ३१ आलोकनगर, मीनभवन क्षेत्रमा सफाइ गरेको छ । यस क्षेत्रमा आज ११ औँ हप्ताको सफाइ ४५ महिलाको सहभागितामा विशेष सचेतनासहित गरेको छ । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।