Aamsanchar

तारा र पर्यटकस्तरीय होटलमा वृद्धि

Author Image
शनिवार, असार १०, २०७४

काठमाडौँ ।

पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३÷७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ ।

तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२÷७३ सम्म ९६० भएकोमा आव. २०७३÷७४ को प्रथम आठ महिनासम्ममा ९८५ पुगेको छ ।

यस्तै तारास्तरका होटलको श्याको सङ्ख्या पनि क्रमशः वृद्धि भएको छ । आव २०७२÷७३ मा नौ हजार ७१० भएकोमा आव २०७३÷७४ को प्रथम आठ महिनामा चार प्रतिशतले बढेर १० हजार ७१ श्याया पुगेको छ ।

ताराबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७३÷७४ को प्रथम आठ महिनासम्ममा २८ हजार १७१ पुगेको छ । त्यसैगरी अघिल्लो वर्षको तुलनामा क्यासिनो सञ्चालनको सङ्ख्या पनि बढेको छ ।

आव २०७२÷७३ मा तीन क्यासिनो सञ्चालन भएकोमा आव २०७३÷७४ को प्रथम आठ महिनामा दुई वटा थप भई हाल पाँचवटा सञ्चालनमा रहेका छन् । त्यस्तै तीन वटा मिनी क्यासिनो र एक अनलाइन ग्यामिङ सञ्चालनमा रहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर