Aamsanchar

अस्पतालको चरम लापरबार्ही ५ महिने शिशुको मृत्यु,क्षतिपूर्ती स्वरुप एकलाख प्रदान

Author Image
आइतवार, असार ११, २०७४

(सुरेन्द्र भण्डारी)
झापा,

झापाको बिर्तामोडमा रहेको कनकाई अस्पतालमा डाक्टरको चरम लापरवाहीका कारण ५ महिने छोरा सुवाङ राईको मृत्यु भएको आरोप लगाउदै उनका आपन्तले आज विहान अस्पताल घेराउ गरेका छन् ।
बच्चाका आफन्तले शिशुको शव नै नवुझी उपचारमा सम्लग्न चिकित्सक लाई कारवाहीको माग गर्दै अस्पताल घेराउ गरेका थिए । उत्तरी झापाको खुदुनावारी–८ निवासी लोकवहादुर राईले शनिवार विहान वच्चाको स्वास बढेपछि उपचारका लागि कनकाई अस्पताल भर्ना गरेको बताइएको छ । वच्चाको उपचारकै क्रममा राति ३ बजे मृत्यु भएको थियो ।

आइसीयु नभएको भन्दै छोराको मृत्युपछि मात्रै थप उपचारका लागि विएण्डसी हस्पिटल लैजानु भन्दै डाक्टरले पठाएको मृतक शिशुका वुवा लोकवहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो – रातिसम्म बच्चा नर्मल छ , नआत्तीनु भन्दै डाक्टरले भनेका थिए, राति एकाएक बच्चा साह्रो भयो र बच्चाको राति नै मृत्यु भयो ।

यता बच्चाको मृत्यु भएपछि उनका आफन्तले उपचारमा सम्लग्न डाक्टरलाई कारवाही र क्षतिपूर्तीको माग गर्दै विहानभर अस्पताल प्रशासन घेराउ गरेका छन् । विरामीका आफन्तले अस्पताल प्रशासन घेराउ गरेपछि अस्पताल प्रशासनले क्षतिपूर्ती स्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ । अस्पतालले २० हजार रुपैयाँ नगद र ८० हजार रुपैयाँको चेक प्रदान गरेको मृतक शिशुका वुवा लोकवहादुरले बताउनुभयो ।
यता अस्पतालका अध्यक्ष महेन्द्र वहादुर राईले वच्चाको उपचारका क्रममा खर्च भएको रकम नलिएको बताउनुभएको छ । बच्चाको मृत्यु मेनेन्जाइटिस रोगका कारण भएको उपचारमा सम्लग्न डा. मन्दिरा श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)