Aamsanchar

‘सोमबार सार्वजनिक बिदा’

Author Image
आइतवार, असार ११, २०७४

काठमाडौं ।

एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

कतार, साउदी लगायतका देशमा आज मनाइएकोले भोलि नेपालमा इदुलफित्र मनाउने तयारी भएको छ । गल्फमा आज चन्द्रमा देखिए सरकारले भोलि सार्वजनिक बिदा दिनेछ । त्यसको विषयमा छलफल भइरहेकाले साँझसम्म निर्णय गरिने हज कमिटीका सल्लाहकार ताज मियाँले दैनिक नेपाललाई जानकारी दिए ।

उनका अनुसार गृहमन्त्रीस्तरीय बैठकले विदाको निर्णय गर्नेछ भने गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी दिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर