Aamsanchar

धानखेत मासेर माछापालन

Author Image
सोमवार, असार १२, २०७४

मोरङ ।

मोरङको हसन्दह–२ का चार युवा धान लगाउँदै आएको खेत भाडामा लिएर माछापालन व्यवसाय गरी राम्रो आम्दानी गरेका छन् ।

विसं २०७० मा वैदेशिक रोजगारीबाट फार्केका चारमध्ये एक युवक चेतन दाहालले भन्नुभयो – “२०७१ सालमा खर्च कटाएर रु २५ लाख आम्दानी भयो । गत वर्ष रु ६० लाख ।” विसं २०७३ मा रु ७५ लाख आम्दानी हुने लक्ष्य रहेको उहाँको भनाइ छ । पन्ध्र बिगाहा जमिनमा धान लगाएकामा प्रत्येक साल रु १२ लाख मात्र अम्दानी हुन्थ्यो ।

खाद्य बालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उनीहरुको न्यू सगरमाथा नेचुरल फार्मले रु ४० लाखको लगानीमा १५ बिगहा जग्गामा माछापालन सुरु गरेको छ । जसमध्ये साढे १० बिघा क्षेत्रफलमा जलासययुक्त १३ वटा पोखरी छन् ।

उनीहरुले संञ्चालन गरेको माछा फार्ममा हाल स्थानीय चारजनाले रोजगारी पाएका छन् । बजारमा माछाको माग उच्च भएर धान्न गाह्रो भएको दाहालको भनाइ छ । पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालीका र दुर्गापुरी र बाहिरबाट आउने व्यापारीलाई माछा दिन नसकेको उहाँको भनाइ छ ।

हाल पोखरीमा रहु, नैनी, ग्रासक्राप, कमनक्राप, विगहैड, सिल्भर, भाकर र हिलापिया गरी आठ जातका माछा छन् । फार्मका निर्देशक मनोजकुमार गौतमले भन्नुभयो, ‘कृषिमा यान्त्रिकरण सरकारको नारा मात्र बनेको छ । भारतमा माछालाई शत्रुबाट जोगाउन ‘फाँसीजाल’ को प्रयोग हुन्छ, नेपालमा त्यो सामान्य कृषियन्त्र हाम्रो पहुँचमा छैन ।’

जसमध्ये रहु र नैनी जातका माछाको माग उच्च छ । माछाबाट राम्रो आम्दानी लिएको र बजारमा उच्च माग भएको देखेपछि अहिले हसन्दह २ मौलीबारीका नेत्र बस्नेत, धनबहादुर भट्टराई, सुवास निरौला, जगत भट्टराई र दिपक खड्काले दुई बाली हुने धान खेतमा पोखरी खनेर माछापालन शुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर