Aamsanchar

दमकमा माओवादी उम्मेदवारको घरनजिक शंकास्पद् वस्तु फेला, बम भएको आशंका

Author Image
मङ्गलवार, असार १३, २०७४

दमक : 

झापाको दमकमा बमजस्तो देखिने शंकास्पद् वस्तु फेला परेको छ। दमक- ५ स्थित नेकपा माओवदी केन्द्रको तर्फबाट दमक नगर प्रमुखको उम्मेदवार बनेका रेवतराज पुरी ‘गगन’को घर नजिकै बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।

इलाका प्रहरी कार्यालय दमकका अनुसार पुरीको घरदेखि २० मिटर उत्तरमा उक्त शंकास्पद वस्तु फेला परेको हो। त्यसको पहिचान भइनसकेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बूले जानकारी दिए।

उनले भने, ‘बम हो कि होइन अहिलेनै केही भन्न सक्ने अवस्था छैन, यसो हेर्दा बम हो जस्तो देखिन्छ।’ लिम्बूले चुलाचुलीस्थित नेपाली सेनाको बम डिस्पोजर टोलीलाई खबर गरिएको बताए।

‘हामीले नेपाली सेनाको टोलीलाई खबर गरिसकेका छौँ, टोली आउँदैछ, टोली आएपछि यो केहो भन्न सकिन्छ,’ उनले भने। उनकाअनुसार त्यस स्थानमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थितामा सुरक्षा दिइएको छ। दमक पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीको गृहनगर हो। झापामा पछिल्लो दुई दिनमा मतदाता तर्साउन शंकास्पद वस्तु राख्ने क्रम बढ्दै गएको छ।

प्रहरीका अनुसार हिजो मात्र झापाको ५ स्थानमा शंकास्पद वस्तु फेला परेका थिए। त्यसमध्ये बिर्तामोडको दुई स्थानमा बम नै राखिएको पाइएको प्रहरीले  जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले भने, ‘निर्वाचनविरोधि शक्तिले जनता आतंकित गर्न यसो गरेको हुन सक्छ, यस विषयमा हामी अनुसन्धन गर्दैछौं, र झापामा सुरक्षा व्यवस्था कडा बनाएका छौँ।’-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर