३५ जिल्लामा भएको दोस्रो चरणको चुनाव अत्यन्तै उत्साहजनक सम्पन्न भएको छ । विहान सामान्य बर्ष भएपनि दिनभरी मौषम सामन्य रहदा मतदातामा उत्साह वढेको देखिन्थ्यो । झापाका तिन नगरपालिका अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिकामा पनि स्थानियतहको निर्वाचन वडो उल्हासमय वातावरणमा मतदानमा सहभागी भई मतदाता र सरोकारवालाले चुनाव सफल बनाएका छन ।
झापाका ३ नगरपालिका अर्जुनधारा वडा नं. ५ भानु मा.वि मतदान केन्द्र, कनकाई वडा नं. ८ हिमाली निम्नमायमिक विद्यालय लक्ष्मप्ीपुर मतदान केन्द्र कनकाईकै वडा नं. ६ चम्पापुर मावि. चम्पापुर, ३ नं. वडाको कनकाई माध्यमिक विद्यालय सुरंगा, २ नं. वडाको सरस्वती मा.वि जामुनबारी र १ नं. वडा पशुपति प्रार्थमिक विद्यालय प्रजापति मतदान केन्द्र त्यसै गरि विर्तामोड २ नं. वडा मोहनमाया मावि रामचौक, ३ नंं वडा महेन्द्ररत्न उच्च मावि विर्ताबजार र विर्तामोड ५ नं. वडामा रहेको देवि उच्च माविमा भएको मतदान तस्वीरमा यस्तो देखिएको थियो ।
तस्वीरहरु : विनोद पाण्डे(कमल)/आमसंचार