राजविराज ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ ।
यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ ।
समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन् ।
जेठ र असारको पहिलो सातामा अलिअलि वर्र्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का कृषक लाल माझीले बताउनुभयो ।
उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमा पर्याप्त मात्रामा पानी नपर्नाले अधिकांश खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको अर्का कृषक हरिशङ्कर विश्वासले बताउनुभयो ।
कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन भएको यस जिल्लामा वर्षा नहुँदा अहिलेसम्म दुई प्रतिशतमात्र धान रोपाइँ भएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।
साथै मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण भइ मर्मत नगरिएकाले यहाँका किसानले समयमै खेतमा पानी पटाउन नपाएको बताएका छन् गुनासो छ ।