Aamsanchar

मलेसिया वाटै उदाउदै नवगायक रुद्र तामाङ्

Author Image
शनिवार, असार २४, २०७४

[नारायण अर्याल]

वैदेशिक रोजगारिका लागि आउने अधिकांश नेपालीहरुले देशमा रेमिट्यान्स मात्र भित्राएका छैनन् ।

धेरैले रेमिट्यान्स सँगै आफुसँग भएका सिप र प्रतिभालाई समेत वाहिर लिएर आउने गरेका छन् । तिनै मध्येका एक हुन् इलामका रुद्र तामाङ । प्राय मलेसियामा रहेने साँस्कृतिक कार्यक्रममा व्यस्त रहने तामाङ ले यतिवेला मलेसिया वाटै आफ्नो पहिलो गित “ हेरन् एक चोटि ” लिएर आउने भएका हुन् । उनको उक्त गितलाई चाँडै नै हाइलाट्स नेपालले बजारमा ल्याउने भएको हो ।

गायक तामाङको पहिलो गितको रेकडिङ्गको संपुर्ण काम सकिएको र यतिवेला म्युजिक भिडियो को लागि नेपाल र मलेसियाका विभिन्न स्थानमा छायाङकन भइरहेको तामाङले जानकारी दिएका छन् । उक्त गितका लागि हाल मलेसियामा कार्यरत तामाङको गीतमा गितकार सुवि राईको उत्कृष्ट रचना तथा सङीत रहेको छ ।
आफ्नो पहिलो गित भएता पनि सवै नेपालि दर्शक तथा स्रोताले मन पराइदिने मा आषामा छन् तामाङ । इलाम जिल्लामा बुवा पदम बहादुर तामाङ र आमा फुल माया तामाङको कोखबाट जन्मेका तामाङ विगत पाँच वर्ष देखि मलेसियामा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर