Aamsanchar

किसानलाई निःशुल्क अलैँचीका बिरुवा

Author Image
मङ्गलवार, असार २७, २०७४

इलाम ।

जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ ।

रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । व्यावसायिक रूपमा अलैँचीखेती गर्दैआएका किसान छनोट गरी बिरुवा वितरण गर्न थालिएको हो । सूर्योदय नगरपालिकास्थित अलैँची विकास केन्द्रबाट बिरुवा खरिद गरी किसानलाई शतप्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ ।

जिल्लाका किसानले यसपटक चारलाख बिरुवाको माग गरेका छन् । तर कार्यालयले एक लाख २० हजार मात्र बिरुवा वितरण गर्ने जनाएको छ । कार्यालयले प्रतिकिसान दुईसय बिरुवाका दरले वितरण गर्न थालेको छ ।

जिल्लामा गत वर्ष एक हजार ६०० हेक्टरमा अलैँचीखेती गरिएको थियो । तथ्याङ्कअनुसार जिल्लामा गत वर्ष ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । नेपालको पूर्वी–पहाडी ताप्लेजुङ, सङ्खुवासभा, इलाम, पाँचथर, खोटाङ, धनकुटा, तेह्रथुम, सोलुखुम्वुलगायत जिल्लामा १४ हजार ८०० हेक्टरमा अलैँचीखेती गरिँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर