Aamsanchar

सुरेश उप्रेतीको चलचित्र ‘दुर्गा सर’ को छायांकन झापाबाट सुरु

Author Image
सोमवार, साउन ९, २०७४

श्रावण,

जमुनादेवी फिल्म प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र दुर्गा सरको छायांकन झापाबाट सुरु गरिएको छ । झापाको गरामनी स्थित दुर्गा शक्ती पिठमा चलचित्र दुर्गा सरको आज शुभ महुर्त गरे सँगै छायाँकन प्रारम्भ गरिएको हो ।

चलचित्र दुर्गा सरको शुभ मुहुर्त स्थानिय जेष्ठ नगारिक भद्रप्रसाद चुडाल, बिर्तामोड वडा नम्बर ८ का वडा अध्यक्ष अजय कार्की र हरी कुमार पाण्डले संयुक्त रुपमा गर्नुभयो । तीन दशक देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रको अधिकांश छायाकंन झापामा नै गरिने निर्माण व्यवस्थापक अर्जुन उप्रेतीले जानकारी दिनुभयो ।

पारिवारिक र सामाजिक विकृती विरुद्धको अभियान नै चलचित्र दुर्गा सरको मुख्य कथावस्तु रहेको लेखक तथा निर्देशक सुरेश उप्रतीले बताउनुभयो । सामाजिक परिवेशमा आधारित चलचित्र दुर्गा सर बिसुद्ध व्यवसायिक चलचित्र समेत रहेको उहाँले बताउनुभयो । ९५ प्रतिशत छायाँकन झापामा गरिने चलचित्र दुर्गा सरको विजयादशमीमा सुटिगं सम्पन्न गरिने निर्माण संयोजक दिनेशराज शर्माले बताउनुभयो े।

२ वटा गित रहेको चलचित्रमा नृत्य निर्देशक कमल राई, छायाँकार बिमल भट्टराई तथा संगित लक्षु कुमार मल्लको रहेको छ । चलचित्रमा सुरेश उप्रेती, सञ्जय न्यौपाने, शिव चौँलागाई, पवन पाठक, हरि दाहाल ,प्रदिप अधिकारी ,अनु ढ्ंगाना, विकास चापागाईँ, दिपक डोटेल, सपना श्रेष्ठ, दिक्षा आचार्य, मुना प्रसाई, बाल कलाकार सुयोग उप्रेती लगायत स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर