Aamsanchar

बाढीले केराखेती नष्ट

Author Image
शुक्रवार, साउन १३, २०७४

राजविराज।

एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ ।

सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो ।

बाढी खेतमा पसेपछि यहाँ लगाइएको केराका बोट नष्ट भएको छ । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केराका बोट सुक्न थालेको कृषक इन्द्रदेव लोगी बताउनुहुन्छ । एक बिगाहा जग्गामा केराखेती गर्न रु दुई लाखभन्दा बढी लागत लाग्छ । केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् ।

यस्तै सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–२ कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । सो क्षेत्रमा करिब ४०० बिगाहामा केराखेती गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर