Aamsanchar

चिया व्यवसायी संघमा कार्की

Author Image
आइतवार, साउन २२, २०७४

भद्रपुर ।

साना किसान झापाली चिया व्यवसायी संघको शनिबार सम्पन्न तेस्रो अधिवेशनले पूर्णकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा पृथ्वीनारायण कार्की, सचिवमा पुष्प निरौला, सहसचिवमा ज्योति पाठक र कोषाध्यक्षमा भरत विमलीलाई सर्वसम्मतरुपमा चयन गरेको हो ।

आगामी दुई वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा जयदेव राजवंशी, केदार भट्टराई, भीमप्रसाद राजवंशी, श्यामसुन्दर अग्रवाल चयन हुनु भएको छ भने बाँकी चारजना सदस्य कार्यसमितिले क्षेत्रगत सन्तुलनका आधारमा मनोनयन गर्ने जनाइएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले अबको कार्यकाल किसानको पक्षमा न्यायोचित वातावरण बनाउन संगठन सुदृढीकरणमा जोड दिएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर