Aamsanchar

दमकमा अत्याधुनिक नाटक घर निर्माणको तयारी

Author Image
सोमवार, साउन २३, २०७४

दमक।

झापाको दमकमा प्रदेश नं. १ कै सबैभन्दा ठूलो र अत्याधुनिक नाटक घर निर्माणको तयारी गरिएको छ ।  कदम थिएटरको अगुवाइमा नाटक घर निर्माण गरिने भएको कदम थिएटरका सचिब कमन देवानले बताए । दमकमा नाटक घर बन्नु दमकबासीका लागि मात्र नभएर पूर्वी नेपालका लागि नै उदाहरणीय बन्ने उनको भनाइ छ ।

यसको अगुवाइ दमकमामात्र नभएर नेपालमा नै चिरपरिचित कलाकार हेमन्त बुढाथोकीले गरेका छन् । उनलाई पत्रकार र साहित्यकारले मात्र नभएर दमकबासीले साथ र सहयोग गर्न थालेका छन् ।यो अभियानमा दमकमा हुर्केर राजधानीमा रंगमञ्चमा राम्रो छवि बनाएका कलाकारहरु लागीपरेका छन् । नाटक घर निर्माणको लागि सहयोग जुटाउन आइतबारदेखि बिहीबारसम्म प्रत्येक दिन एक–एक शो हुने मरिचेको चुपी मञ्चन भइरहेको छ ।
काठमाडौंस्थित मण्डला थिएटरमा नाटक अभ्यास गरिरहेका कलाकार तथा नाटकका निर्देशक सिजन दाहालका अनुसार राजधानीमा मात्र होइन राजधानी बाहिर पनि रंगमञ्च अब आउनुपर्छ भनेर आफूहरु लागेको बताए । नाटकको कथावस्तु मार्मिक रहेकोले एकपटक नाटक हेर्न आग्रह गर्दै उनले यो हेराइले दमकमा नाटकघरमा एउटा इँटा थपिने र यसबाट यहाँ उत्पादन भएका कलाकार बाहिर जानुपर्ने अवस्था नआउने बताए ।
कदम थिएटरका महासचिव मोहन ढुंगाना (मेचीपुत्र)का अनुसार नाटक घर निर्माण एउटा सभ्यताको सूचक बनेर दमकमा खडा हुनेछ । यो दमकको गौरव गर्न लायक र कलाकारहरु दमक आउने माध्यम बन्ने उनी बताउँछन् । दमकमा नाट्य संस्कृतिको विकासका लागि कदम थिएटरले पहिलो पटक बहुदिवशीय नाटक मञ्चन भएकाले यो नाट्य क्षेत्रमा दमकमा पहिलो कदम भनेर पनि ब्याख्या गरिन थालेको छ ।
उपेन्द्र सुब्बाको कथा मरिचेको चुपीलाई नविन प्राचीनले नाटकीय रूपान्तरण गरेका छन् । यसमा तिब्बत राई, चोमु पासाङ शेर्पा, सुवासचन्द्र खरेल, मौसम राई, देवीप्रसाद उप्रेती, सोहन लुइँटेल, नरेन्द्र लिम्बू, सुजन दाहाल, सुवास मुकारुङ र सन्दिप ढकालले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर