Aamsanchar

युएईमा तिज विशेष सास्कृतिक कार्यक्रम हुदैं

Author Image
मङ्गलवार, साउन २४, २०७४

भरत शिवाकोटी/ युएई,


प्रवासमा रहेको नेकपा एमालेको बलियो संगठन प्रवासी नेपाली मन्च युएई अबुधाबी राज्य कमिटीले नेपाली महिलाहरुको महत्वपुर्ण पर्व हरितालिका तिजको अवसरमा “तिज विशेष सास्कृतिक कार्यक्रम २०७४” आयोजना गर्ने भएको छ ।

आगामी ११ अगस्ट २०१७ शुक्रबारका दिन अबुधाबिमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट लोक क्षेत्रका ख्यातिप्राप्त गायक बद्री पङ्गेनी तथा गायिका प्रिया भण्डारी आउने निश्य भएको आयोजक कमिटीका सचिब बिमल कार्कीले जानकारी दिएका छन ।

स्थानिय कलकारहरुको समेत प्रस्तुती हुने सास्कृतिक कार्यक्रममा युएईका सबै राज्य बाट नेपालीहरुको उल्लेख्य उपस्थिति हुने र कार्यक्रमको तयारी पूरा भएको आयोजक कमिटीका अध्यक्ष पुन्य प्रसाद शर्मा पुस्करले जानकारी दिएका छ्न ।

कार्यक्रममा सहज उपस्थितिका लागि युएईका सबै राज्यबाट यातायातको व्यवस्था गरिएको र सहभागिहरुको निस्शुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिएको उनले बताएका छन भने भव्य र सभ्य रुपमा सम्पन्न हुने सास्कृतिक कार्यक्रममा युएईमा रहेका सम्पुर्ण नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छ्न ।

विभिन्न कठिनाइमा परेका प्रवासी नेपालिहरुको सहयोगार्थ अबुधाबी राज्य कमिटीले गर्न लागेको तिज कार्यक्रम २०१७ राष्ट्रका गर्व गर्न लायक कलाकारहरू तथा स्थानिय प्रतिभावान कलाकारहरुको साथमा एतिहासिक हुने दाबी अबुधाबी राज्य कमिटीका इन्चार्ज तथा राष्ट्र कमिटी सदस्य तिर्थराज भट्टराईले गरेका छ्न ।

तिज नजिकिए सगै युएईमा विभिन्न संघ,संगठन तथा समाजहरु महिला विशेष पर्व तिजलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न अग्रसर रहेका छ्न ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर