Aamsanchar

रोकिएन झापामा हात्ति आतंक / पीडितद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Author Image
मङ्गलवार, साउन २४, २०७४

पार्थ मण्डल/भद्रपुर।

झापामा जंगली हात्ती आंतकले पीडित बनेको भन्दै स्थानीयवासीले प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।झापाको दुई नगरपालिका र तीन गाउँपालिकाका ३ हजार भन्दा बढी हात्ती पीडितले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद कृष्णप्रसाद सिटौलामार्फत् प्रधानमन्त्री देउवालाई पठाएका हुन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले नेता सिटौलालाई स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपत्रको फाइल बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै नेता सिटौलाले हात्ती नियन्त्रणको बिषयमा सरकार गम्भीर रहेको भन्दै सोमवारै प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताए ।
करिव ६ हजार ३ सय हेक्टर क्षेत्रमा फैलिएको जलथल जंगलको विस्तृत कार्य योजना तयार गरी जलथलदेखि भेलागडी, चारआली हँुदै बाहुनडाँगीसम्म जैविक मार्ग निर्माण गरी जलथल जंगल वरिपरि विद्युतीय तारवारसहितको विस्तारित योजना जिल्ला वन कार्यालय झापामार्फत् यसअघि नै वन मन्त्रालयमा पेश भइसकेकोले उक्त योजना तत्काल कार्यान्वयनमा ल्याएर बजेट विनियोजन गरी जंगली हात्ती आतंक समस्याको समाधानको बारेमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
विगत केही बर्षदेखि झापाको भद्रपुर, विर्तामोड, हल्दिवारी, बाह्दशी र कचनकवल आसपासको क्षेत्रमा जंगली हात्तीको झुण्डले आतंक मच्चाउनुका साथै भौतिक तथा मानवीय क्षति समेत पु¥याउँदै आएकोले स्थानीयमा त्रास छाएको छ । पीडितले नेपाली कांग्रेसका क्षेत्रीय समिति, नगर तथा गाउँपालिका समितिमा आवद्ध कार्यकर्तासहित हात्ती नियन्त्रणका लागि हस्तक्षार अभियान शुरु गरेको क्षेत्रीय सभापति पोखरेलले बताए ।
त्यस्तै हल्दिवारी गाउँपालिका निवासी हात्ती पीडित दिलीप मावोले जलथलको चारकोशे जंगलमा बस्दै आएको हात्तीको झुण्डले स्थानीयमा त्रास छाएको बताए । उनले त्यहाँको जगलमा आधा दर्जन भन्दा बढी हात्ती बस्दै आएको र तिनले स्थानीयको घर भत्काउने, अन्नबाली खाइ नष्ट गरिदिने, मानिसलाई आक्रमण गरेको बताए ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर