Aamsanchar

बुट्टाबारीका कृषकलाई विषको चिन्ता

Author Image
बुधवार, साउन २५, २०७४

बिर्तामोड।

बढ्दो विषादि प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असरपर्ने जनाउँदै झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीका कृषकले चिन्ता व्यक्त गरेका छन् ।
भारतबाट आयातित तरकारीमा अत्यधिक विषादि प्रयोग गर्ने गरेको र झापाको विभिन्न ठाउँमा उत्पादित तरकारीमा समेत विषादि प्रयोग गर्ने गरेकाले त्यस्ता विषाक्त तरकारी सेवन गरेका कारण गम्भीर प्रकृतिका रोग लाग्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
विषादि परीक्षणका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा प्रयोगशाला निर्माण गरिए पनि प्रयोगशाला प्रयोगमा नआएको भन्दै उनीहरुले विषादि प्ररीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन माग गरेका थिए । स्वाभिमान युवा कृषक समूह तथा नमूना बालक्लव उद्घाटन समारोहमा सहभागी अधिकांशले विषाक्त खानेकुरा सेवनका कारण मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका रोग लाग्ने गरेको बताएका थिए ।
बिर्तामोड नगरपालिका वडा नं. ६ का वडा सदस्य एनविन्द्र खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि बिर्तामोड नगरपालिकाका बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले झापामा विषादिको मात्रा कम भएको बताए । उनले कृषकमा चेतना आएसँगै विषादि प्रयोगको मात्रा घटेको बताए ।
भारतबाट आयातित तरकारीमा भने विष अधिक प्रयोग गर्ने गरेको र त्यस्तो विषाक्त तरकारीको सेवनले गम्भीर प्रकृतिको रोग लाग्ने बताए । उनले तरकारी सोझै प्रयोग गर्नुको सट्टा काटेर केही समय पानीमा डुबाएर प्रयोग गर्न सबैलाई सुझाएका थिए ।
कार्यक्रममा बाल क्लवका तर्फबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो भने कविता डल्लुकोटी तिम्सिनाले स्वागत गरेकी थिइन् । बासुदेव तिम्सिनाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा सदस्य शोभा विक, माटो परीक्षण प्रयोगशाला सुरुङ्गाकी सीता कडरिया लगायतले बोलेका थिए ।
त्यस्तै सरस्वती कृषक समूह मसलेका अध्यक्ष मनमाया दुलाल, बेलगाछी कृषक समूहका सदस्य विवेक रिजाल, ऋषि कृषक समूहका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । समूहका अध्यक्ष बासुदेव बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समूहका सचिव पुण्यप्रसाद भण्डारीले गरेका थिए ।
यसैबीच समाजका बालबालिकालाई संगठित गर्दै स्मृति अधिकारीको अध्यक्षतामा नमूना बाल क्लव गठन गरिएको छ । बालबालिकालाई विषादिको बारेमा ज्ञान दिँदै समाजमा रहेका विकृति विसंगतिको अन्त्य गर्न सिकाउने उद्देश्यले सात सदस्यीय क्लव गठन गरिएको भण्डारीले बताए । बालबालिकामा अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गर्न बाल क्लवले सहयोग पुर्याउने बताइएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर