Aamsanchar

चिया उत्पादक संघको १२औं सभा

Author Image
आइतवार, भदौ १८, २०७४

भद्रपुर।

नेपाल चिया उत्पादक संघ झापाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कार्यक्रममा संघका महासचिव शिवकुमार गुप्ताले गत आर्थिक ०७३÷०७४ गरेको संघको गतिविधिका बारेमा कार्यपत्र सार्वजनिक गरेका थिए ।
संघले एक वर्षको अवधिमा चियासँग सम्बन्धित मुख्य समस्याको रुपमा रहेको किसानद्वारा उत्पादित हरियो पत्तीको मूल्यका विषयमा सरकारले गठन गरेको विभिन्न समितिमा धारणा राख्न सफल भएको, ५० प्रतिशत भ्याट फिर्ता सम्बन्धी प्रावधान चालू आर्थिक वर्षमा पनि कायम राख्न सकेको, संघको सिफारिसमा मलखादको व्यवस्थालाई निरन्तरता दिएको लगायतका महत्वपूर्ण कार्य गर्न सफल भएको संघका महासचिव गुप्ताले जानकारी दिएका छन् ।
त्यसैगरी संघका अध्यक्ष सुरेशकुमार अग्रवालको नेतृत्वमा पूर्व अध्यक्षहरुसहित गएको टोलीले विभिन्न भ्रमण तथा छलफल कार्यक्रमले मन्त्रालयका विभागहरुसँग समन्वय गरी चिया उद्योगले पाएको ५० प्रतिशत भ्याट फिर्ता तथा मलखाद वितरण सम्बन्धी व्यवस्थालाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने पहल गरेको छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा पनि यथावत राख्न सफल भएको, चिया एवम् अलैंचीको व्यापार प्रवद्र्धनको उद्देश्यले नेपालका लागि अमेरिकन राजदुतको सहभागितामा भद्रपुमा भएको छलफलमा प्रतिवेदन पेश गरेको जस्ता कार्यक्रम सम्पन्न गरिएको संघका अध्यक्ष अग्रवालले जानकारी गराएका थिए ।
कार्यक्रममा भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, संघीय प्रहरी इकाई कार्यालयका एसएसपी पिताम्बर अधिकारी, प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसी लगायतको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर