Aamsanchar

अलैंचीको मूल्यमा गिरावट किसान र ब्यवसायी चिन्तित /चीनले ल्यायो दुरुस्तै वस्तु

Author Image
आइतवार, असोज ८, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।


कालो सुनले चिनिने अलौंचीको मूल्यमा भारी गिरावट आएसंगै किसान र ब्यवसायी चिन्तित बनेका छन् । कुनै समय एक लाख २५ हजारमा बिक्रि भएको अलौंची अहिले मुस्किलले ३० हजारमा बिक्रि हुने गरेको नेपाल अलौंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले बताए ।
अलैंचीको मुख्य भण्डारण तथा बिक्रि केन्द्रको रुपमा रहेको बिर्तामोडमा शनिबार भएको ब्यवसायीहरुको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले कृषिको आधा हिंसा बोकेको अलौंचीको मुल्यमा गिरावट आएपछि किसान र ब्यवसायी चिन्तित बनेको धारणा ब्यक्त गरे ।
अधिकांश ब्यवसायीहरुले अलौंचीको मुल्यमा आएको गिरावटका कारण अर्थतन्त्रमा असर परेको बताए । मुल्य बढ्ने आसामा दुई वर्षदेखीको अलैंची बिक्रि नगरेको र हाल अलैंचीको भाउ अत्यन्त कम भएकाले आफुहरु समस्यामा परेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर–१ का अध्यक्ष नरेन्द्र खड्काले अलैंची उत्पादन तथा बजारिकरणमा सरकारले सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले निर्यात भन्दा आयत धेरै भएको भन्दै निर्यात जन्य बस्तुलाई बढाउनु पर्ने विचार ब्यक्त गरे ।
उक्त कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्यसंघका अध्यक्ष कुमार भट्टराई, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक विष्णुकुमार केसी, मेची आँखा अस्पतालका अभ्यक्ष दिनेशकुमार मित्तल लगायतले बोलेका थिए ।
किन घट्यो मुल्य ?
कुनै समय अलैंचीको भाउ सुन्न जिब्रो टोक्नु पथ्यो । किसानले रातरात धान खेती मासेर अलैंची खेती सुरु गरे तर अहिले अलैंचीको मुल्य घटेर प्रति मन ३० हजार रुपैंयामा झरेसंगै किसान र ब्यवसायी निरास बनेका छन् ।
मुल्य घट्नुको कारण बारे बताउदैं नेपाल अलैंची ब्यवसायी महासंघका कोषध्यक्ष सुवास भट्टराई भन्छन्–पहिला ९ जिल्लामा गरिएको खेती अहिले ३७ जिल्लामा फैंलिएको छ । त्यस्तै भारतको आसाममा अलैंचीको उत्पादन अत्याधिक रुपमा बढ्नु, भारत र पाकिस्तानको द्धन्द्धका कारण ५५ प्रतिशत पाकिस्तान निर्यात हुने अलैंचीमा भारी गिरावट आउनु तथा नेपालमा उत्पादन हुने अलैंची जस्तै चिनले आफ्नो मुलुकमा जडिबुट्टी उत्पादन गरेर बजारिकरण गर्नुका कारण नेपालमा उत्पादन भएको अलैंचीको मुल्यमा गिरावट आएको कोषध्यक्ष भट्टराईले जानकारी दिए ।
कृषिमा परनिर्भता बढ्यो
कृषि प्रदानदेशको रुपमा चिकिएको नेपालमा पछिल्लो समय कृषिमा परनिर्भता बढ्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर–१ का अध्यक्ष नरेन्द्रकुमार खड्काले बताए ।

उनले ७६ प्रतिशत कृषि क्षेत्रले ओगटेको मुलुकमा ७ खर्ब २६ अर्ब रुपैंयाको आयत र ५५ करोड रुपैंयाको मात्र कृषिजन्य बस्तु निर्यात गर्नुले पनि कृषिमा परनिर्भता बढेको बताए । उनले अहिलेको आर्थिक वृद्धिदर सन्तोषजनक नभएको उल्लेख गरेका छन् । ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुदैमा हौसिनु पर्ने अवस्था नरहेको धारणा ब्यक्त गरे ।
पाकिस्तान मुख्य बजार
नेपालको अलैंची भारत हुदैं पाकिस्तासम्म निर्यात हुने गरेको छ । नेपालमा उत्पादन भएको अलैंचीको ५५ प्रतिशत अलैंची पाकिस्तानमा निर्यात हुने नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले बताए ।
अहिले मुल्यमा गिरावट आउनुमा भारत र पाकिस्तान बीचको द्धन्द्धको कारण भएको बताए । ४५ दिनमा पुग्ने अलैंची अहिले ८० दिनमा मात्रै पुग्ने गरेको जनाइएको छ । जति चाँडो निर्यात भयो त्यति नै बजार चलायमान हुने ब्यवसायीहरुको भनाई रहेको छ ।
आशा अझैं बाँकी छ ?
भारत, पाकिस्तान र दुबईका मुलुकको दर्ता चिन्ह लगायत नेपालले आफ्नो उत्पादन बिक्रि गर्दै आउनुपर्ने बाध्यता रहेको थियो । तर नेपाल अलैंची ब्यवसायी महासंघको पहलमा नेपालमै उत्पादन भएको चिन्ह ट्रेडमार्क दर्ता प्रकृया अन्तिम चरणमा पुगेकाले अलैंचीले मुल्य पाउने आशा जिवितै रहेको जनाइएको छ ।
यसैबीच १६ सय हेक्टरमा खेती हुने गरेको अलैंचीको उत्पादन ५ सय मेट्रिकटन हुने गरेको अध्यक्ष भट्टराईले जानकारी दिए । दशैं तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान सहित गरिएको कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । उपस्थित सबैलाई कोषध्यक्ष सुवास भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव ओमकृष्ण विमलीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर