Aamsanchar

एक्सपर्ट सूर्योदय म्यूजिकल एभेन्जामा सयौ झुमे

Author Image
मङ्गलवार, असोज १०, २०७४

चारपाने, असोज १० । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर  बिर्तामोडमा वृहत साँगितिक कार्यक्रम सम्पन्न भएको  छ । एक्सपर्ट सूर्योदय म्यूजिकल एभेन्जा नाम दिएर सूर्योदय टेलिभिजनको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको प्रायोजन रहेको कार्यक्रम   मंगलबार दिउसो ३ बजेदेखि विर्तामोड स्थित मेघा कम्प्लेक्स अगाडी सुरु भएको थियो । 

संगितका पारखहिरलाई भरपुर मनोरञ्जन गराउने उदेश्यका साथ आयोजना गरिएको  “एक्सपर्ट सूर्योदय म्यूजिक एभेन्जा”ले विशेष गरि पूर्वमा रहेका उत्कृष्ट प्रतिभालाई समेटेको छ । स्थानिय आवाज स्थानिय ठाउँमा गुञ्जाउने अभिप्रायले आयोजना गरिएको यस कार्यक्रममा ग्राभिटी, रेक्ड ओथ, ग्रिपर र अडियो हेड गरी चारवटा ब्याण्डको बेजोड प्रस्तुति रहनेछ ।

साथमा पूर्वका विभिन्न स्टेज प्रोग्राममार्फत चर्चा पाएकी गायिका जुनु प्रसाई लगायत अन्य प्रतिभावान कलाकारको प्रस्तुति रहेको थियो ।  स्थानिय स्तरमा नै रहेका  प्रतिभालाई उजागर गर्न र दर्शकलाई दशँैको माहोलमा भरपुर मनोरञ्जन प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको सूर्योदय टेलिभिजनका ब्यवस्थापक याम विमलीले जनाएका छन । 

कार्यक्रममा झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष एल सी श्रेष्ठ का साथै सुनिल थापाको कोरियोग्राफीमा रहेको हिपहप लगायत अन्य विद्याका नृत्यले थप आकर्षण प्रदान गरेको थियो । चाड पर्वको बेला विभिन्न ठाउँमा हुने साँगितिक कार्यक्रम भन्दा फरक ढंगले आयोेजना गरिएको कार्यक्रमवाट सर्वसाधारणहरु उत्साहित बनेका थिए । सूर्योदय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको संगितिक कार्यक्रममा उपस्थित सयौ स्थानिय नागरिकको माझ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज कन्ट्री डाईरेक्टर खेम संग्रौलाको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संचालक नारायण कडरिया र राधाकृष्ण धितालले गरेका थिए ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर