Aamsanchar

धानमा खैरो फड्के कीराको प्रकोप

Author Image
बुधवार, असोज २५, २०७४

पाल्पा,

धानबालीमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ । पश्चिम पाल्पामा धानको फूल फुल्नासाथ खैरो फड्के कीराको प्रकोप देखा परेको कृषकले बताएका छन् । अर्गली क्षेत्रमा लगाइएको धानबालीमा यसले निकै सताउन थालेको छ ।

जिल्लाको धान उत्पादनका लागि मुख्य पकेटक्षेत्र मानिएको अर्गली फाँटमा धानबालीमा खैरो फड्के कीराले बाली नै सखाप पारेको अर्ग कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताउनुभयो । कीराको प्रकोप बढ्न थालेपछि बोट नै मर्न थालेको छ ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले निराकरणका लागि इमिडा क्लोपिरिड नामक विषादीको प्रयोग गर्न कृषकलाई सल्लाह दिनुभएको छ । खेतमा पानी जमिराखेको अवस्थामा सो कीराले धानबालीलाई सताउने उहाँले बताउनुभयो ।

खैरो फड्के कीराले धान पसाउने बेलामा आक्रमण गर्छ । डाँठमा बसी चुसेर खाएपछि धानको बोट नै मर्छ । यसको रोकथामका लागि कृषकले खेतमा पानी जम्न नदिने र जमेको पानी सुकाए खैरो फड्के कीराबाट बचाउन सकिने पाण्डेको भनाइ छ । यस वर्ष धानको उत्पादन घट्ने चिन्तामा कृषक छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर