Aamsanchar

धानखेतमा पानी छोडियो

Author Image
मङ्गलवार, असोज ३१, २०७४

सप्तरी, 

बाढीबाट क्षतिग्रस्त भएको चन्द्रनहरलगायत अन्य सिँचाइ आयोजनाको मर्मत गरिएपछि अहिले धानखेतीका लागि पानी छोडिएको छ ।

चन्द्रनहर व्यवस्थापन डिभिजन कार्यालय सप्तरीले मर्मत गरेपछि अहिले सो नहरबाट सिँचाइ सुविधा पुग्न थालेको र अन्य नहरबाट बालुवा निकाल्ले काम भइरहेको कार्यालय प्रमुख प्रसुन मिश्राले जानकारी दिनुभयो ।

चन्द्रनहरको फतेपुरमा रहेको हेडवर्कस हँुदै मेनाकडेरी र नयाँ हनुमानगर शाखा एवं पम्प नहरप्रणली आयोजनाको फर्सेठदेखि विभिन्न चारवटा नहर शाखा तथा नहर वितरण प्रणालीको १४ वटा शाखा मर्मत गरी नहरमा पानी सञ्चालन गरिएको हो । धानखेती गर्दै आएका किसानले डिभिजन कार्यालय पुगी सिँचाइको व्यवस्था गर्न माग गरेका थिए ।

कार्यालय प्रमुख मिश्राकाअनुसार सिँचाइ मन्त्रालयद्वारा नहर आयोजना मर्मतका लगि बजेट उपलब्ध नभएपछि उधारोमा नहर मर्मत अगाडि बढाइएको बताउनुभयो । सप्तरीको खाडो, जिता, मोहुली, खडक, त्रियुगा लगायतका नदीमा आएको बाढीले चन्द्रनहरलगायत अन्य सिँचाइ आयोजनामा करिब रु एक अर्बभन्दा बढीको क्षति भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर