Aamsanchar

अन्नबाली छाडेर खुर्सानी खेतीमा

Author Image
आइतवार, कार्तिक ५, २०७४

तनहुँ, 

जिल्लाको ऋषिङ गाउँपालिका– १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित हुनुभएको छ ।

आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

घैया धान, मकै, कोदो खेती गरेर वर्षभरिमा रु १० हजार पनि कमाउन धौ धौ भएकाले खुर्सानी खेतीतर्फ लागेको र यसबाट वार्षिक रु ८० देखि ९० हजारसम्म कमाउँदै आएको कृषक उहाँले बताउनुभयो । उहाँले अकबरे प्रतिकिलो रु २०० र नामधारी रु १२० प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर