Aamsanchar

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा

Author Image
बुधवार, कार्तिक ८, २०७४

भद्रपुर, 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) कार्यान्वयन इकाई बनियानी झापाद्वारा कचनकवल गाउँपालिका–४ स्थित फड्कागाछीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ज्ञान, सीप बढ्नुका साथै उत्पादन समेत बढेको बताएका थिए ।

अर्थ मन्त्रालय अगुगमन तथा मूल्यांकन महाशाखाका अधिकृत श्याम आचार्य र नवलकिशोर आचार्य सहभागि रहेको सो कार्यक्रममा कृषक पञ्चानसिंह राजवंशी, रामचन्द्र राजवंशी, अब्बास मियाँ, होमनाथ सिग्देल, वसन्त गणेशलगायतले परियोजनसँगै कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणको प्रवेशले उत्पादन लागत घट्नुका साथै उत्पादन बढाउन मद्दत पुगको विचार व्यक्त गर्नुभयो ।

“विगतमा हामी यस क्षेत्रमा पर्याप्त मात्रामा चैते धान लगाउने गरेको तर बजार मूल्य कम र भण्डारणको व्यवस्था नभएकाले चैते धानबाट हात झिक्ने गरेका थियौँ, परियोजनाको कार्यान्वयनसँगै हामी पुनः यस्ता बालीतर्फ फर्कन लागेका छौँ,” कार्यक्रममा सहभागि कृषकहरुको भनाइ थियो ।

वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना र अधिकृत आचार्यले धानमा आत्मनिर्भर गर्न र कृषि प्रणालीलाई वैज्ञानिक एवं व्यावसायिक बनाउन सरकारले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो । सो कार्यक्रममा हरित कृषक समूहलाई ५० प्रतिशत अनुदानमा धान काट्ने मेसिन हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर