Aamsanchar

ठुटेबर मेलामा १ करोड ५० लाखको कारोबार

Author Image
बिहिवार, कार्तिक २३, २०७४

[दिपेन लावती]
शान्तिनगर,

झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित ठुटेबर परिषरमा एतिहासिक, धार्मिक तथा परम्परादेखि लाग्दै आएको ठुटेबर मेलामा करिब रु.१ करोड ५० लाख बढिको कारोबार भएको अनुमान गरिएको छ ।

प्रत्येक बर्ष कात्तिक पूर्णिमा र बैसाख पूर्णिमा गरी दुई पटक लाग्ने मेलाको स्वरुप यसबर्ष अलि फरक ढंगले संचालन गरिएको थियो । कात्तिक १७ गते शुक्रबार देखि लागेको मेला कात्तिक २१ गते मंगलबार भब्यताका साथ सम्पन्न भएको छ । सो अवधीमा मेलामा रहेको साना÷ठुला गरि करिब १ सय ५० बढि स्टलहरु रहेको थियो । सो स्टलहरुमा नेपाली खानाका परिकार संगै अन्य खानाका परिकार उपलब्ध रहेको थियो ।

झापाको उत्तरी क्षेत्र र इलामको दक्षिणी क्षेत्रका मानिसहरुका लागि संगम स्थल रहेको ठुटेबर मेलामा आउने आन्तरिक र बाह्य पर्यटकको घुईचो नै लागेको थियो । गत बर्षहरुमा मेलालाई निरन्तरता दिन मात्र लगाईने गरेको मेलामा यसबर्ष स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती संगै पहिलेको मेलाको झझल्को यस बर्षले दिएको स्थानीयहरु बताउँछन् । १० बर्षे माओबादि द्धन्दकाल संगै बन्द रहेको मेला गत ३ बर्ष देखि ठुटेबर संरक्षण समितिको सहयोगमा स्थानीय युवाहरुको सक्रियतामा लाग्दै आएको छ ।

स्थानीय क्षेत्रको पर्यटन प्रबद्र्धन र अर्ग्यानिक कृषि प्रणालीको बिकासमा जोड दिने उद्धेश्यले यो बर्ष पाँच दिवशिय मेला लगाएको ठुटेबर संरक्षण समितिका सचिब सोमनाथ पौडेलले बताए । मेलामा बिभिन्न जातजातिको पहिचान झल्कने सांकृतिक झाँकीले मेलालाई थप आकर्षित बनाएको थियो । त्यसको अलावा झापाका सम्पूर्ण कबिहरुको भेला समेत गराईएको थियो ।

उनिहरुले ठुटेबर मेला अवलोकन गर्नुको साथै ठुटेबरका बारेमा तयार पारेका सुन्दर रचनाहरु बाचन गरेर सुनाएका थिए । दैनिक जसो हुने सास्कृतिक कार्यक्रमले धेरैको मना लोभ्याएको मेला आयोजक समितिका अध्यक्ष चीत्रबहादुर राईले बताए । उनले भने,– ‘ठुटेबर परिषरमा इतिहासकै पहिलो पटक ठुलो मेला लाग्यो । शान्त र सौहार्द बातावरणमा मेला सम्पन्न भयो ।’ उनले मेलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

समापन कार्यक्रममा रोङगाउँपालिकाका अध्यक्ष शमशेर राई, बुद्धशान्ति गाउँपालिका–६ का वडाध्यक्ष शम्भु पौडेल, स्थानीय सामाजिक ब्यक्तित्व, बुद्धिजीबि, संचारकर्मीले मेला सफलतापूर्वक सम्पन्न भएको प्रति आभार ब्यक्त गरेका थिए ।

करिब ५÷६ सय बर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला २०६४ भदौ २० गते राती ढलेपछि सोही स्थानमा नयाँबरको रुख रोपिएको । सोही ठाउँमा मेला लाग्दै आएको छ । यो बर्षको मेलामा झापा, इलाम र छिमेकी भारतबाट सहित ५ दिनको अवधीमा ३० हजार बढिले मेलाको अवलोकन गरेको आयोजकको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर