Aamsanchar

तीन महिनामा ५६ करोड राजश्व संकलन

Author Image
बिहिवार, कार्तिक २३, २०७४

भद्रपुर, 

आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा आयकर रु १७ करोड ८५ लाख ६२ हजार, बहाल कर रु दुई करोड छ लाख ५३ हजार, ब्याजकर रु दुई करोड ९० लाख ५२ हजार, मूल्य अभिवृद्धि कर रु २१ करोड १८ लाख ५३ हजार, अन्तःशुल्क रु १० करोड ३० लाख १९ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ३२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु ३९ लाख ४६ हजार रहेको छ ।

करदाता सेवा कार्यालय इलाम र दमकमा रहेका यस कार्यालयको शाखाबाट समेत गरेर सो राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर