Aamsanchar

‘मिस नेपाल साइप्रस’मा १२ सुन्दरीको प्रतिस्पर्धा

Author Image
शुक्रवार, मंसिर २२, २०७४

बिर्तामोड । साइप्रसमा मिस नेपाल साइप्रस २०१७ आयोजना हुने भएको छ ।
नेपालबाट रोजगारीको सिलसिलामा साइप्रस पुगेका सुन्दरीहरुलाई प्रतियोगितामा सहभागी गराउने र उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने बताइएको छ । किशोरीहरुको क्षमतालाई उजागर गर्दै शारीरिक सौन्दर्यतामा अझ बढी निखार ल्याउन प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।
प्रतियोगिताको फाइनल डिसेम्बर १० अर्थात् आइतवार हुने प्रतियोगितामा सहभागी हल्दिवारी गाउँपालिकाको गोलधाप निवासी सरु नेपालले पूर्वाञ्चललाई बताइन् । प्रतियोगितामा १२ किशोरीको सहभागिता रहेको छ । साइप्रसको मिकोसियामा प्रतियोगिता हुने नेपालले बताइन् । प्रतियोगिताको प्रथमले अवार्डसहित नेपाल आउने जाने ह्वाइ टिकट प्राप्त गर्ने र द्वितीय, तृतीयका लागि आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ ।
मिस नेपाल साइप्रस कमिटीका दर्शन खनाल, रोजिना जोशी सुवास मल्लले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको फाइनलमा नेपालका हाँस्य कलाकार जितु नेपालसहित साइप्रसका कलाकारको समेत प्रस्तुत रहने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर