Aamsanchar

जस्मी लामा (मोडल)

Author Image
आइतवार, माघ २८, २०७४

मानेमा देउता… बोल गीतको म्युजिक भिडियोमा अभिनय गरेर कला यात्रा थाल्नुभएकी मकवानपुरकी जस्मी लामाले तीन वर्षबीचमा छोटा चलचित्र, म्युजिक भिडियो र वृत्तचित्रमा काम गरिसक्नुभएको छ ।

सानैदेखि अभिनय र नृत्य गर्नुहुने जस्मी कलाकारिताका कारण थाँती रहेको अध्ययनलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । नेपाली चलचित्रमा रेखा थापा र आर्यन सिग्देलको प्रसंसक रहनुभएकी जस्मी फुर्सदको समय पत्रपत्रिका अध्ययन, घुमफिर र किनमेलका लागि बजार जान रुचि राख्नुहुन्छ । कलाकारितामा लाग्न परिवारको सहयोग रहेको बताउनुहुने मोडल जस्मी नेपाली चलचित्र अभिनयमा लाग्ने सोचमा हुनुहुन्छ । त्यसका लागि नृत्य र अभिनयको प्रशिक्षण लिइरहनुभएको छ, जस्मी । कलाकारितामा टिक्न र बिक्न ‘कि त चिनेको कि त किनेको’ मान्छे चाहिने अनुभव बटुल्नुभएकी जस्मी भन्नुहुन्छ– “कलाकारितालाई सानैदेखि माया गरँे । यही सिकेँ, जानेँ । यो क्षेत्रबाट अन्यत्र जानै सक्दिनँ । ”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर