Aamsanchar

किम जोङ उन भोलि दक्षिण कोरिया जाने

Author Image
बिहिवार, वैशाख १३, २०७५

एजेन्सी

दुई कोरियाबीच शुक्रबार शिखर वार्ता हुने भएको छ। उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच भोलि सीमा क्षेत्रमा शिखर वार्ता तय भएको छ। सन् २००७ पछि दुई कोरियाका राष्ट्रप्रमुख पहिलो पटक भेट हुन लागेका हो। सन् १९५०-५३ को कोरिया युद्दपछि दक्षिण कोरिया जाने किम पहिलो उत्तर कोरियाली शासक हुन्।

भेटका लागि किम शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ९ बजे सीमा क्षेत्रमा पुग्नेछन्। उनलाई दक्षिण कोरियाली सीमामा राष्ट्रपति इनले स्वागत गर्नेछन्। दुबै नेता हिँडेरै नजिकै रहेको शान्तिभवनमा जानेछन्। उनकी श्रीमती री सोल जु पनि किमसँगै बैठकमा सहभागी हुनेछन्। दुई नेताबीच साढे १० बजेदेखि सोही भवनमा वार्ता सुरू हुनेछ। दिउँसोको खाना खान किम उत्तर कोरियाली सीमामा जानेछन्। खानापछि दुई नेताले सल्लाको बिरूवा रोप्नेछन्। त्यो बिरूवामा दुबै देशका पहाडको माटो राखिनेछ।

फेरि दुई नेताबीच वार्ता हुनेछ। साँझ उनीहरूले संयुक्त वक्तव्य जारी गर्नेछन्। साँझ साढे ६ बजेपछि दुबै नेता र प्रतिनिधि मण्डल रात्रीभोजमा सहभागी हुने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ। छिटै हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र किमबीच हुने शिखर वार्ताका लागि यो भेट महत्वपूर्ण हुने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर