Aamsanchar

छुकछुके हरि, चाँडो रिसाउने रमिला

Author Image
शुक्रवार, वैशाख १४, २०७५

काठमाडौं ।

आफ्नो भन्दा अरूको खुसीमा सम्हालिएको भावना नै प्रेम हो भन्ने खुशीबुको हरियोे घरभित्र रमाइरहेको उत्तरार्धमा बाँधिएको जोडीले पुष्टि गर्छ ।तेजस्वी मुस्कानका साथ स्वागतमा देखिन्छन्, प्रख्यात हास्यकलाकार हरिवंश आचार्य । छेऊमा सन्तुष्ट मुद्रामा बस्छिन्, पत्नी रमिला थापा ।

हरि–रमिला समय सन्दर्भका साक्षी हुन्, जसले पहिलो जीवनसाथी गुमाएर उत्तरार्धको सम्बन्धमा एकले अर्काको हात समाए । ‘सबैभन्दा ठूलो कुरा त उनले मलाई सम्हालिन्’, हरि जीवनसंगिनी रमिलाको तारिफ छर्दै भन्छन्,‘परिवार नभएसम्म भौतिक घर भएर मात्रै केही हुँदैन । मनको घर हुनुपर्छ । त्यो मनको घर भएको छ मेरो । उसको मायामा रमाएको छु । जिन्दगी राम्रोसँग चलेको छ ।’

हरि खुसीमा रमाउन जानेका छन् भन्ने त उनको चरित्रले प्रष्ट देखाउँछ । उनी अभिनित शत्रु गते अझै हलबाट उत्रिएको छैन ।पतिको मृत्युपछि रमिलाको पनि वैवाहिक जीवन अधुरै थियो । छोरा विदेशमा इन्जिनियर । पहिलो पतिको मृत्युपछि रमिला माइतीमा बुवाआमासँग बस्दै आएकी थिइन् । दोश्रो जीवन कहिले नसोचेकी उनले ०७० सालमा हरिवंशसँग विवाह गरिन् ।

कलाकार बसुन्धरा भुसाल रमिलाको बुहारीकी सानि आमा हुन् । भुसालले नै यो सम्बन्धको लागि दुवै परिवार सामु प्रस्ताव राखेकी थिइन् । आमाबुवाको सरसल्लाहमा उनले हरिवंशसँग भटेकी थिइन् ।पहिली श्रीमती मिराको निधनपछि विचलित बनेका हरिवंशले त्यतिबेला आफुलाई सम्हाल्न सकेका थिएनन् । झण्डै डिप्रेशनको शिकार बनिसकेका उनीहरूको दोश्रो विवाह एउटा अलग परिस्थितीबीच भएको थियो । एकअर्कालाई भेटेपछि दुवैले आफ्नो जीवनलाई सुरु गर्ने सहमति बनाए ।

रमिलाले विहेअघि घरमा परिवारसँगै बसेर हरिवंशको टेलिफिल्महरू हेर्ने गरेको बताइन् । हरिवंशले खेलेका टेलिफिल्ममध्ये उनलाई सबैभन्दा बढी ‘१५ गते’ मनपर्छ । अहिले फिल्म ‘शत्रु गते’ ।‘उहाँको बारेमा कमै थाहा थियो । हँसाउने । एउटा राम्रो मान्छे हो भन्ने थाहा थियो’, रमिला विहे अघिका दिन सम्झिछिन्, ‘तर एकदम इन्ट्रेस्ट दिएर खोज्ने फ्यान भन्ने थिएन । जेहोस् हेर्दा मनपर्दथ्यो । मेरो परिवारले पनि मनपराउनुहुन्थ्यो । हेर्न छुटाउदैनथ्यौँ ।’

सुरुमा यी दम्पतीलाई एकअर्कालाई बुझ्नलाई नै सात महिना जति लाग्यो । निकै सरल र हसाइरहने स्वभावका हरिवंश व्यवहारिक जीवनका गम्भिर पात्र हुन् । रमिलाले बुझेकी छन्, उनलाई । आफ्ना प्रस्तुतीहरू जुन चञ्चल स्वभावमा दर्शकलाई हँसाउछन् त्यसैगरि बास्तविक जीवनमा पनि यीनी आफ्नो वरिपरि रहेका मान्छेहरूको ओठको मुस्कानको कारण हुन् । मिरालाई कहिल्यै नभेटेकी रमिलाले उनको निधन भएको खबर तस्बिरसहित अखबारमा पढेकी थिइन् ।

अहिले पनि हरिले आफ्नी प्रथम पत्नी मिराको बारेमा धेरै कुरा सुनाउने गरेको उनले बताइन् । ‘बिर्सनु हुँदैन किनभने यो सारा सृष्टि दिदीकै हो । म आज यो ठाउँमा छु उहाँले गर्दा नै । जे चिज हेर्दा पनि उहाँकै देन हो जस्तो लाग्छ ।’

कहिलेकाहीँ मिरालाई सम्झेर हरिवंश भावुक बनिदिँदा यीनले सम्झाउछिन् । विगतमा एउटै परिस्थितीबाट गुज्रिएका हरि र रमिला वर्तमान एकअर्काको सहयात्रामा अघि बढिरहेका छन् । दिदी मिरा प्रति श्रद्धा राख्ने रमिलाले जे–जति सुन्छिन् राम्रो सुन्छिन् । उनलाई कहिलेकाहीँ आफूमा पनि मिराको केहि विशेषता आइदिउन् लालच पनि लाग्छ ।

हरिजस्तो राम्रो मान्छेलाई जीवनसाथीको रुपमा पाउनुलाई यीनी आफ्नो भाग्य ठान्दछिन् । विधुवा विवाहलाई गलत रुपमा नलिने रमिलाले सम्बन्धको प्रस्ताव आउँदैमा हामफाल्न भने नहुने ठान्छिन् ।दोश्रो जीवनको लागि राम्ररी सोच्नुपर्ने उनको ठम्याई छ । हरि र रमिलाको उत्तरार्धको सम्बन्ध ५ वर्षको दौरानमा छ ।

फुर्सदको समयमा सपिङ गर्न तथा तरकारी किन्न पनि यी दम्पती सँगै बजार पुग्छन् । बाटोमा सँगै हिड्दा हरिका फ्यानहरू देखेर रमिलालाई खुसी लाग्छ । कतिपय फ्यान जो हरिलाई अगाडि देखेर फोटो खिचाउन हिच्किचाएर भनम् कि नभनम् जसरी बसेका हुन्छन् तिनलाई हरिको अघि लगेर फोटो खिचाउन रमिलाले नै अनुरोध गरिदिन्छिन् ।

‘उहासँग फोटो खिच्न नपा’र, छट्पटिएर बसिरहेको हुन्छन् नि । अनि मैले देखेर लेराएर पहिले बहिनीसँग खिच्दिनु न अघिदेखि भनेको भनै हुनुहुन्छ भनेर भन्छु ।’, बजारमा घटिरहने दैनिकी उनले सुनाइन् ।दुईजनामा को चाँडै रिसाउनुहुन्छ त ? भन्ने प्रश्नको जवाफमा यी दुवैले आफु चाँडै रिसाउने दाबी गर्छन् । बुवाआमाले पनि छिटो रिसाउने बानी स्मरण गराइरहने भएकाले रमिलाले दाबी भारी छ ।

यी दम्पत्ति रिसाउँदा एउटाचाहीँ पानी बन्छन् । एकले अर्कालाई फकाउँछन् । ‘विवाद भएन भने सम्बन्धमा मिठास रहदैन भन्ने सोचाइ राख्ने यी दम्पतीबीच सानो–सानो कुरामा नै विवाद हुन्छ ।’रमिलाका अनुसार घरमा पनि बच्चा जसरी चकचक गरिरहन्छन् हरिवंश । हरि अलिक छुकछुके छन् । ‘सानो सानो कुरामा उहाँ एकदमै धेरै के चलिरहने । हुन्छ नी एकदम छुकछुके बानी । एकछिन त बसे हुन्छ । धैर्य गरेहुन्छ भन्ने त्यस्तो कुरामा गाली गर्छु । चाँडै अत्तिहाल्ने बानी । कत्ति आत्तिराको धेरै नआत्तिनुन भन्छु । यस्तै कुरामा विवाद हुन्छ ।’ रमिला घरेलु सम्बन्धलाई कत्थै सुनाउँछिन् ।

‘प्रायः हाम्रो रुचीमिल्दो रहेछ । पछि मात्रै थाहा भयो । कुनैपनि कुरा यो मलाई मन पर्दैन भन्ने छैन’, रमिलाले एकअर्काको बानीबारे भनिन्,‘तर मलाई लौका मनपर्छ उहाँलाई इन्ट्रेष्ट छैन । बनाम न भन्दा, बनाउने र ? भन्नुहुन्छ । अनि ल ल भयो म अर्कै तरकारी बनाउछु भन्छु । जसरी हुन्छ खुसी हुने हो ।’

एकअर्कामा साथी जस्तो व्यवहार हुने बताउँदै रमिलाले भनिन्, ‘सेयरिङ र केयरिङको सम्बन्ध छ । छोराहरु छन् । खुसी छु ।’ छोराहरुका बारेमा उनी भन्छिन्, ‘म एउटा आमा हुँ । ममा पनि मातृत्व छ । मेरो लागि जस्तो एउटा छोरा त्यसरी मेरा दुईवटा छोरा । जसलाई भन्दापनि एउटा छोरा भन्न आउँदैन । भन्छु मेरो तीनवटा छोरा ।’

श्रीमतीलाई भान्सामा सघाउन पनि रुचाउने हरिले निकै मिठो खाना बनाउँछन् । घरमा पाहुना आउँदा खाना बाउन ‘सर्भ’ गर्न पनि यीनले सहयोग गर्छन् । ‘उहाँलाई बनाउन सबै आउँछ । मलाई भन्दा अझ राम्रो अझ मिठो बनाइसिन्छ होला । घरमा गेष्ट छन् भने मलाई गाह्रो हुन्छ भनेर पकाउने कुरामा सर्भ गर्दिने यताउता सबै । एकदमै राम्रो मान्छे उहाँ । मैले मेरो पती भएर मात्रै भनेको होइन ।’ हर्षविभोर आँखाका नानीमा टिलपिल खुसी छचल्क्याउँदै उनी सुनाउँछिन् ।

हरि र रमिलाको धेरै स्वभाव एकअर्कासँग मेल खान्छन् । एउटै स्वभावको मान्छे हुँदा एडजस्ट गर्न गाह्रो हुन्छ भनिए पनि आफ्नो सवालमा त्यस्तो नभएको हरिले बताए ।टेलिभिजन र चलचित्रको पर्दामा दर्शकलाई हँसाउने हरिलाई वास्तविक जीवनमा उनकी श्रीमतीले नै हँसाउछिन् । नचाहिने कुरामा भन्दा साना कुरामा रमाउँछन्, उनी । रमिलालाई दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गरेको र घुमाउरो कुराहरू मन पर्दैन ।

हरिसँगको विहे अघि र अहिलेमा फरक भएको बताउँदै रमिलाले भनिन्,‘पहिले म आफ्नो बुवाआमासँग बस्थेँ । अहिले आफ्नो घर छ भन्ने फिल हुन्छ । घर र माइतीमा केही चेन्ज त भइहाल्छ नी होइन ? मेरो छोरा पनि आउँछ । उ पनि खुसी छ । छोराहरू जीस्काइरहन्छन् । खुसी लाग्छ ।’बिहानको समय क्रियटिभ समय हो भन्ने मान्यता राख्ने हरि प्रभात खेर फाल्दैनन् । सरल दैनिकी छन् उनको । ५ बजे उठ्छन्, प्रभातकालिन हिँडाई अनिवार्य गर्छन् । सुटिङ परेको समयमा ६ बजे नै काममा निस्कने भएपनि अन्य दिनहरु दश बजेसम्म परिवारसँग नै बिताउँछन् । यो समयमा उनी प्रायः कसैलाई पनि भेट्दैनन् ।

उत्तरार्धको सम्बन्धको पहिलो भ्रमण हरि जोडीले रत्नपार्कमा गरे । ‘विवाह पछिको पहिलो घुमाई नै रत्नपार्कमा भयो ।’, उनले सुनाए । विवाहपछिका वर्षहरू नवीन नै हुन्छन् ।विवाहको वर्षगाँठ मनाउँछन् यी जोडी । तर, साधारण । हरि कहिले सारी र कहिले टप किनेर एनिभर्सरी गिफ्ट दिन्छन्, रमिलालाई । ‘त्यस्तो ठुलो हात्ती, घोडा, गाडि, मोटरसाइकल दिने होइन, साधारण कुरा जसमा सेन्टिमेन्ट जोडिएको हुन्छ । त्यस्तो चिज दिन मन लाग्छ ।-दैनिक नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर