Aamsanchar

छोटो समयमा एक्सपर्टवाट सयौं पुगे अस्ट्रेलिया

Author Image
शुक्रवार, असार २२, २०७५

बिर्तामोड । पूर्वका विद्यार्थीहरुलाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले सयौं विद्यार्थीलाई अध्ययनका लागी अष्ट्रेलिया पठाएको छ । भिषा प्रोसेसिङ साथै अस्ट्रेलिया को एजुकेशन, लाइफ स्ट्राइल र त्यहाँ पाउने रोजगारी सम्बन्धि जानकारी गराउने तथा अष्ट्रेलिया पठाउने क्रममा सयौं विद्यार्थीहरु अष्ट्रेलिया पुगी सकेको एक्सपर्टका बिर्तामोड शाखा मेनेजर कृष्ण खतिवडाले जानकारी दिए ।

एक्सपर्ट एजुकेशनले अध्ययनका लागी जाने बिद्यार्थी तथा अभिभावकलाई पनि पठाउने गरेको जनाइएको छ । नेपालबाट अष्टे«लिया अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित विभिन्न समयमा सेमिनारको समेत आयोजना गरेर जानकारी गराउदै आएको एक्सपर्ट विद्यार्थीका लागी भरपर्दो माध्यम बनेको मेनेजर खतिवडाको भनाई छ ।
विगत लामो समयदेखि नेपालबाट अष्टे«लिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिंदै आएकोे एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले अन्य कसल्टेन्सीको तुलनामा सबैको मन जित्न सफल भएको अध्ययनका लागी जान तयार भएका विद्यार्थी शन्दिप बस्नेतले बताएका छन् ।

 

आफ्नै रोजाईमा कलेज तथा युर्निभसिटीहरु रोज्न पाइने भएकाले एक्सपर्ट सबैभन्दा भरपर्दो रहेको उनीहरुको भनाई छ ।
अष्टे«लियाको सिड्नी, ब्रिसबेन, मेलबर्न, एडिलेड र गोल्डकोष्टमा लगायतका स्थानमा एक्सपर्टका कार्यालयमा रही त्यहाँको शिक्षालाई प्रोमोट गर्दै र नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै आएका अनुभवी व्यक्तिहरुको समेत उपस्थित रहने भएकाले विद्यार्थीले पारिवारीक वातावरणमा अध्ययन गर्न सक्ने खतिवाडाको भनाई छ । विद्यार्थीहरुले बिर्तामोडमा रहेको एक्सपर्टको कार्यालयबाट अस्ट्रेलिया को शिक्षा, विश्वविद्यालय, विषयगत लागत, आवदेन प्रत्रिया जस्ता आवश्यक सम्पूर्ण विषयहरुमा प्रत्यक्ष जानकारी लिन जनाइएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपाली विद्यार्थीहरुले सहजरुपमा उचित परामर्श पाउन् भन्ने उद्देश्यले विभिन्न समयमा शैक्षिक मेला आयोजना गर्दै आएको छ । अहिले सम्म विभिन्न मुलुक गरी हजारौं विद्यार्थी एक्सपर्ट एजुकेसन मार्फत अष्टे«लिया पुगिसकेका छन् । पछिल्लो समय समग्र विश्व नै एउटा गाउँको रुपमा परिवर्तन भइरहेको सन्दर्भमा नेपाली विद्यार्थी पनि विश्वका करिब ८० मुलुकमा अध्ययनका लागि जाने गरेका छन् ।ति मुलुकहरुमध्ये अष्ट्रेलिया उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । यसैलाई मध्यनजर गर्दै एक्सपर्टले लामो समयदेखि विद्यार्थी पठाउदै आएको छ । नेपालको जस्तै वातावरण तथा अष्ट्रेलियमा नै एक्सपर्टको कार्यालयहरु हुनुले पनि विद्यार्थीको आकर्षण र भरपर्दो अभिभावकको रुपमा एक्सपर्ट रहेको बिर्तामोड शाखाका मेजेजर खतिवडाले बताए । शैक्षिक गुणस्तर र सुरक्षामा सबैभन्दा धेरै ध्यान दिएको समेत बताइएको छ । एक्सपर्टले नेपाल सहित भारत, बंगलादेश, नाइजेरिया, हङकङ, मंगोलिया लगायतका देशमा समेत शाखा कार्यालय खोलेर अध्ययनका लागी विद्यार्थी अष्ट्रेलिया पठाउदै आएको छ ।

एक्सपर्टले सामाजिक उत्तरदाहित्व अन्र्तगत एक्सपर्ट फाउण्डेसन मार्फत आर्थिक विपन्न भएका विद्यार्थी, दैविक प्रकोप लगायतका प्राकृतिक प्रकोपहरुमा समेत आर्थिक सहयोग गर्दै आएको छ । अन्तिरिक रुपमा गरेको रकम जम्मा गरेर कुनै आपत्कालिन अवस्थामा मानविय सहयोग होस् भन्ने उद्धेश्यले सहयोग गर्दै आएको एक्सपर्टका शाखा मेनेजर खतिवडाले जानकारी दिए । उनले पूर्वका अभिभावक तथा विद्यार्थीहरुलाई कसैको प्रलोभनमा नपरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको विर्तामोड शाखामा आफैं आएर सबै जानकारी लिनुहुन अनुरोध समेत गरे ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर