Aamsanchar

पत्रकार उपचार कोषलाई सहाराको थप २ लाख

Author Image
शुक्रवार, असार २२, २०७५

बिर्तामोड ।


नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रवार सुरुङ्गामा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरो गाउँ, मेरो लगानी’ कार्यक्रममा उक्त रकम प्रदान गरिएको हो ।

पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी र महासंघ झापाका कार्यवहाक अध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई संयुक्त रुपमा उक्त रकमको चेक प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि सांसद एलपी साँवा लिम्बू, सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल र प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संयुक्त रुपमा चेक प्रदान गरेका थिए ।

सहयोग ग्रहणपछि कार्यक्रममा बोल्दै महासंघका संस्थापक महासचिव भण्डारीले सहारा नेपाल साकोसप्रति धन्यवाद ज्ञापन गर्दै सहाराको उदाहरीय कामको प्रशंसा गरे । उनले पत्रकारको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको कोषमा सहयोग गर्न सबैलाई आव्हान गरे । भण्डारीले सबै संस्था, उद्योगी, व्यवसायी तथा नागरिकलाई समेत पत्रकार सहारा उपचार कोषमा सहयोगका लागि आग्रह गरेका छन् । जीवन जोखिममा राखेर अहोरात्र पत्रकारितामा समर्पित पत्रकारको जीवन बचाउन पत्रकार सहारा उपचार कोष र यसका सहयोगदाताको भूमिका महत्वपूर्ण हुने भण्डारीले बताए ।

कोषमा हालसम्म ३७ लाख रुपैयाँ बढी रकम जम्मा भइसकेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले जानकारी दिए । महासंघले एक करोड रुपैयाँको उपचार कोष बनाई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग पु¥याउने कार्यविधिका साथ अभियान अघि बढाएको महासंघका कार्यवहाक अध्यक्ष तथा कोषका संयोजक गिरीले बताए ।

सहारा नेपाल साकोसले यसअघि ५ लाख रुपैयाँ प्रदान गरेपछि कोष स्थापना गरेर अभियान अघि बढाइएको थियो । कोषका लागि रकम हस्तान्तरण कार्यक्रममा महासंघका पूर्वअध्यक्ष तथा प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व जिल्ला अध्यक्ष मोहन काजी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेल, मिडिया नेपालका जिल्ला अध्यक्ष रञ्जीत प्रसाई, फोनिजका जिल्ला अध्यक्ष विशाल नेम्वाङ लगायतको उपस्थिति थियो । कार्यक्रम कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो ।

अन्य संस्था र क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकार सहारा उपचार कोषलाई सहयोग पुर्याउन सकून् र महासंघको १ करोडको लक्ष्य छिट्टै पूरा होस भनेर थप सहयोग गरिएको सहाराका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर