Aamsanchar

शेयर सदस्यको मात्र हैन, समाजको पनि नेतृत्वकर्ता बन्दै सहारा साकोस

Author Image
शनिवार, असार २३, २०७५

सुरुङ्गा । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक शुक्रबार एक कार्यक्रमका बीच १ करोड रुपैंयाँ विकास निर्माण लगायत समाजका विभिन्न क्षेत्रमा वितरण गरेको छ ।

मेरो गाउँ मेरो लगानी कार्यक्रम मार्फत कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभा हलमा सम्पन्न कार्यक्रममा राज्यलाई समेत सहयोग गर्दे समाज रुपान्तरणका लागि मोटो रकम खर्चिएको हो ।

सहकारीको माध्यमवाट शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्र लगायत विभिन्न सामाजिक, शैक्षिक संघ–संस्थाको संरक्षण, सम्र्वधन र विकासका निम्ति सक्रिय रहँदै आएको सहारा नेपाल बचत तथा ऋण सहकारीले जिल्ला ट्राफिक कार्यालय झापालाई ९ लाख वरावरको राडर गन र बेथलाइजर जिल्ला प्रहरी प्रमुख विष्णुकुमार केसी, जिल्ला ट्राफिक प्रमुख राजेस लाई, ईलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख कृष्ण कोईरालालाई उक्त राडरगन हस्तान्तरण गरेको छ । त्यस्तै सहारा पत्रकार उपचार कोषलाई २ लाख रुपैंया हस्तान्तरण गरिएको छ ।

पत्रकार उपचार कोषका संयोजक एकराज गिरी, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी लगायतले सहयोग रकम ग्रहण गरेका थिए । स्मार्ट चौक निर्माण, चारपाने, लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गालाई १८ लाख, सैनिक मोडको सामुदायिक स्वास्थ्य भवनका लागि २ लाख, नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापनको लागि गाडी खरिदमा सहयोग स्वरुप ५ लाख, वागेडाँगीमा कृषि सेवा केन्द्र स्थापनाका लागि १० लाख, दुधे खोला तटवन्धनमा भेटभर विरुवा सहयोगका लागि १० लाख छुट्याएको छ ।

त्यस्तै जामुनखाडीमा कोसेली घर निर्माणका लागि ५ लाख, सरकारी विद्यालयहरुमा सहारा अक्षयकोष स्थापनाका लागि १० वटा विद्यालय छनौट गरी जम्मा १० लाख, सतासी मौरी पालन सहकारीलाई मौरी प्रसोधन केन्द्र स्थापनाका लागि ५ लाख, चारपाने सामुदायिक भवन निर्माण सहयोग ५ लाख, सुरुङ्गा लायन्स सामुदायिक भवन निर्माण सहयोग ५ लाख, विर्तामोड क्षेत्रमा सिसि क्यामेरा जडानका लागि ४ लाख, गरामनि दृष्टि विहिन विद्यालयलाई सहयोग १ लाख दिइने बताइएको छ ।

विहिवारे बजार लक्ष्मीपुर, लक्ष्मीनारायण, कनकाई उद्योग वाणिज्य संघ, शिवसदन सामुदायिक भवन र कुमरखोद सामुदायिक भवन निर्माण सहयोगका लागि जनही १ लाख, संस्थाद्वारा प्रवधित महिला सहकारीलाई सहयोग स्वरुप ३ लाख गरी जम्मा १ करोड रुपैंयाँ समाजका लागि गरेको लगानीका वारेमा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले कार्यक्रममा सार्वजनिक गरेका हुन ।

सहाराले प्रदान गरेको राडर गन ग्रहण गर्दै झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले शान्ती सुरक्षा विना विकास निर्माण सम्भव नहुने कुरा प्रष्ट पार्दै सवै किसिमका आपराधिक घटनाहरुको नियन्त्रणको सहयोगका लागि स्थानिय निकायले कुनै किसिमको वजेट विनियोजन नगरेकोमा गुनासो पोखेका छन् । समाजमा शान्ती सुरक्षा कायम राख्नका लागि विभिन्न सामाजिक संघ–संस्थाहरुसँग सहकार्य भइरहेकोमा अव स्थानिय निकायले पनि प्रहरीसँग हरेक गतिविधिमा हातेमालो गर्नु पर्नेमा उनको जोड थियो ।

संस्थाका अध्यक्ष तारा सञ्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्वू, विशिष्ट अतिथी प्रदेश सभा सदस्य हिरा थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, नेपाली काँग्रेसका नेता देउकुमार थेवे लगायतले नगद तथा जिन्सी सामग्री वितरण गरिएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर