Aamsanchar

प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन (फोटो फिचर सहित )

Author Image
मङ्गलवार, साउन ८, २०७५

नेपालको प्रतिनिधीत्व गर्दै पहिलो पल्ट महत्वपूर्ण मान पधवी हाशिल गर्ने अनन्तश्री विभूषित शंकराचार्य हेमानन्द गिरीलाई झापामा अभिनन्दन गरिएको छ । कन्काई नगरपालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरिएको हो ।

कन्काई धाम धार्मिक विकास संस्था, स्थानीय संघसंस्था एवम् नागरिक समाज कन्काईको संयुक्त आयोजनामा शंकराचार्य गिरीलाई नागरिक अभिनन्दन गरिएको थियो । कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, उपमेयर मञ्जु प्रसाईले सबैभन्दा पहिले उनलाई अभिनन्दन गरेका थिए । नागरिक अभिनन्दन कार्यक्रममा कन्काई नगरका विभिन्न संघसंस्थाले शंकराचार्य गिरीलाई सम्मानपत्रसहित फूलमाला पहिर्‍याएका थिए ।

कार्यक्रममा बोल्दै आयोजक संघसंस्थाका प्रतिनिधिहरुले शंकराचार्य पद भगवानपछिको पहिलो भएको बताए । ‘शंकराचार्य भन्दा माथि कनै पद हुँदैन, यो भोट मागेर, राजनीति गरेर पाइने पद होइन, हामी नेपाली असाध्यै भाग्यमानी रहेछौँ,’ उनीहरुले भने । नेपाली महिलाले शंकराचार्य पद पाउनु ठूलो गौरवको कुरा भएको उनीहरुको भनाइ थियो । नागरिक अभिनन्दित शंकराचार्य गिरी नेपालको पशुपति मठाधिशसमेत घोषित भइसकेकी छिन् ।

मोरङको पथरीशनिश्चरेकी गिरीले हिन्दुहरुको सबैभन्दा ठूलो पदवी ‘शंकराचार्य’ बनेर नयाँ इतिहास रचेकी हुन् । उनी शंकराचार्य हुने विश्वकै पहिलो महिला हुन् । प्रमुख चार स्थलका मठमध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि गिरीले दावेदारी पेस गरेकी थिइन् ।

एक हजार दुई सय वर्षको शंकराचार्यको इतिहासमा यसखाले दाबी गर्ने उनी पहिलो महिला भएको जनाइएको छ । ४२ वर्षकी उनी यसअघिका शंकराचार्यभन्दा उनी उमेरले पनि कान्छी हुन् । शंकराचार्य बनेपछि विभिन्न ठाउँमा उनलाई सम्मान गर्ने क्रम पनि बढेको छ । २ सय जना ठूला ठूला धार्मिक गुरुहरुले शंकराचार्यका लागि आवेदन गरेकोमा साध्वी गिरी उत्कृष्ठ ४ भित्र छनौटमा परेकी थिइन् । चारमध्येबाट उनी श्रेष्ठ ठहरिइन् ।   

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर