Aamsanchar

रिस उठ्यो भन्दैमा कसैलाई गाली गर्न पाइने छैन, गाली गरेमा १ बर्ष जेल बस्न पर्छ

Author Image
शुक्रवार, भदौ १, २०७५

काठमाण्डौं ।

आजबाट नेपालमा नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ लागु भएको छ । आजबाट लागु भएको एने अनुसार अब रिस उठ्यो भन्दैमा कसैलाई जथाभावी गाली गर्न पाइने छैन ।

अब ऐन विपरित कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले यस्तो व्यवस्था गरे अनुसार एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ ।

२०१६ सालमा बनेको गाली र बेइज्जतीको ऐन–२०१६ माथि २०३७ सालमा पहिलो संशोधन गरिएको थियो । सर्वसाधारणको इज्जत र मानमर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि गाली र बेइज्जतीको कसूरको निम्ति सजायको व्यवस्था गर्न आवश्यक देखिएकाले ऐन जारी भएको हो । आजदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको भाग ३ को परिच्छेद २ मा गाली बेइज्जतीसम्बन्धी कसूर व्यवस्था गरिएको छ ।

दफा ३ सय ५ ले कसैले कसैलाई गाली गर्न हुँदैन भनेको छ । यदि कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर